यी भूभागमा वर्षा र हिमपातको सम्भावना, सतर्क रहन अनुरोध « Khabarhub

यी भूभागमा वर्षा र हिमपातको सम्भावना, सतर्क रहन अनुरोध


१२ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


243
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुका साथै अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभाव रहेको जनाएको छ ।

महाशाखाका अनुसार अहिले गण्डकी प्रदेशका केही स्थान, कोशी, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागका थोरै स्थान तथा बाँकी पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा मध्यम वर्षासहित हिमपात भइरहेको छ ।

आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत बाँकी पहाडी भूभागमा साधारणतया बदली रही तराई भूभागमा आंशिक बदली रहने छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ ।

यस्तै, आज राति देशभर आंशिक बदली रहने छ । कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज देशका बागमती, कमला, कोशी र कन्काई नदी र यी नदीका सहायक नदीहरुमा पानीको बहाब उल्लेख्य बढ्ने छ । ती क्षेत्रमा सतर्कता तह आसपास पुग्न सक्ने देखिएको साथै कोशी, बागमती र मधेश प्रदेशका महाभारत, चुरे भएर बहने ससाना नदीनालामा आकस्मिक बहाव हुनसक्ने सम्भावना रहेको छ ।

यस्तै, बागमती प्रदेशका काठमाडौं उपत्यका, काभ्रे, सिन्धुपाल्चोक, दोलखा, मकवानपुर, चितवन र सिन्धुली, मधेस प्रदेशका बारा, पर्सा, सर्लाही, रौतहट, महोत्तरी, धनुषा, सप्तरी र कोशी प्रदेशका सङ्खुवासभा, ताप्लेजुङ, पाँचथर, तेहथुम, भोजपुर, धनकुटा, इलाम, झापा, मोरङ, सुनसरी जिल्ला भई बहने ससाना नदीहरुमा आकस्मिक बहावको सम्भावना उच्च रहने देखिएको छ ।

सम्भावित वर्षा र हिमपातको कारणले नदीनालामा आकस्मिक बहाव, पहिरोलगायतका जोखिमका साथै दैनिक जनजीवन, सडक तथा हवाई यातायात, कृषि, पर्यटनलगायत क्षेत्रहरूमा प्रभाव पर्न सक्ने सम्भावना रहेको छ ।

बङ्गालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ भारतको आन्द्र प्रदेशमा प्रवेश गर्ने क्रममा रहेको छ । यसपछि चक्रवातको प्रभाव विस्तारै कमजोर हुँदै उत्तर पश्चिम दिशामा सर्दै न्यूनचापीय क्षेत्रका रुपमा नेपालको मध्य भूभाग नजिक आई पूर्वतर्फ सर्ने विभागले जनाएको छ ।

प्रकाशित मिति : १२ कार्तिक २०८२, बुधबार  ६ : ४७ बजे

बाँके राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ५१ पुग्यो

नेपालगञ्ज– बाँके राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ५१ पुगेको छ । राष्ट्रिय बाघ

२०८२-८३ मा निर्जीवन बीमा व्यवसाय : ५१ अर्ब ९२ करोड प्रिमियम संकलन

काठमाडौं– आर्थिक वर्ष २०८२-८३ मा निर्जीवन बीमा कम्पनीहरूले कुल ५१

देवानगञ्ज घटनापछि सीमा नाकामा कडा सुरक्षा, परिचय पत्र नबोक्ने भारतीयलाई नेपाल छिर्न निषेध

मोरङ- सुनसरीको देवानगञ्ज गाउँपालिका-३ कप्तानगञ्जमा आइतबार राति भएको हिंसात्मक घटनापछि

सोरुबाट सुरु भएको थियो कर्णाली प्रदेशका पाँचौँ मुख्यमन्त्री जीवन यात्रा

कर्णाली– कर्णाली प्रदेशको नवनियुक्त मुख्यमन्त्री मंगलबहादुर शाही मुगु जिल्ला सोरु

सुकुम्वासीको पुकारा- अस्वस्थ शरीर र त्रसित मन लिएर कसरी बाँचौँ ? 

सरकारले खोला किनारमा रहेका सुकुम्वासी बस्तीमा डोजर लगाएपछि सयौँ परिवार