दुर्गा प्रसाईँले भने- मंसिर ७ देखि देशव्यापी आन्दोलन गर्छौँ  « Khabarhub

दुर्गा प्रसाईँले भने- मंसिर ७ देखि देशव्यापी आन्दोलन गर्छौँ 


१२ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईँले मंसिर ७ गतेदेखि आन्दोलन गर्ने घोषणा गरेका छन् । 

बुधबार राष्ट्रिय मानव अधिकार आयोगका पदाधिकारीसँगको छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रसाईँले मंसिर ७ गतेदेखि देशव्यापी आन्दोलन गर्ने जानकारी गराएको बताए । 

आन्दोलन हिंसात्मक नहुने र मेचीदेखि महाकालीसम्मका क्षेत्रमा सञ्चालन हुने उनले बताए ।

उनले मंसिर ७ गते दिल्लीमा दलहरू र माओवादीबिच १२ बुँदे सम्झौता भएको र त्यही कारण मुलुक अप्ठेरो अवस्थामा आइपुगेकाले मंसिर ७ गते देखि नै आन्दोलन सुरु गर्न लागेको उल्लेख गरे । 

आन्दोलनका क्रममा कसैले उल्लङ्घन गरे त्यसको जबाफदेही अभियान नहुने उनको भनाइ छ ।

जेन-जी आन्दोलन हाइज्याक भएर विदेशीको इशारामा सत्ता हत्याउने काम भएको भन्दै उनले त्यस्तो आन्दोलन आफूहरूको नहुने स्पष्ट पारे । 

प्रकाशित मिति : १२ कार्तिक २०८२, बुधबार  २ : १७ बजे

झापाको मानव आश्रमद्वारा १२१ जना सडकबाट उद्धार

झापा– मेचीनगर नगरपालिका–४ बाहुनडाँगीमा सञ्चालित मानव आश्रम झापा शाखाले एक

गाडीको ठक्करबाट एक जनाको मृत्यु

काँक्रेविहार– गाडीको ठक्करबाट शनिबार बिहान घाइते भएका दैलेखको डङे्गेश्वर गाउँपालिका–५

युक्रेनको नयाँ शान्ति प्रस्तावमा रूसको असहमति

मस्को- युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आइतबार अमेरिकाको फ्लोरिडा राज्यमा राष्ट्रपति

प्रधानमन्त्री कार्की र प्रमुख दलका शीर्ष नेताबीच छलफल हुँदै

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्की र प्रमुख तीन राजनीतिक दलका शीर्ष

स्थानीय उत्पादन प्रवर्द्धन गर्न गोङ्गबुमा कृषि मेला

काठमाडौं–  स्थानीय उत्पादन प्रवर्द्धनका लागि गोङ्गबुमा कृषि मेला आयोजना भएको