खाद्य कम्पनीद्वारा कैलालीमा धान खरिद सुरु « Khabarhub

खाद्य कम्पनीद्वारा कैलालीमा धान खरिद सुरु


१२ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

अत्तरिया– खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय धनगढीले कैलालीमा धान खरिद गर्न सुरु गरेको छ । कम्पनीले आजबाट जिल्लाका छ स्थानमा खरिद केन्द्र राखेर किसानबाट धान खरिद सुरु गरेको हो ।

जिल्लाको मोहनपुर, टीकापुर, सत्ती, गौरीगङ्गा, भजनी र जोशीपुरबाट सरकारले निर्धारण गरेको न्यूनतम समर्थन मूल्यमा धान खरिद गर्न लागिएको कार्यालय प्रमुख दीपक थापाले जानकारी दिए। उनका अनुसार जिल्लामा मोटा धान खरिद गरिने र यस वर्ष सरकारले मोटा धानको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल रु तीन हजार ४६३ दशमलव ८१ पैसा निर्धारण गरेको छ ।

उनले भने, ‘यस वर्ष कम्पनीको जिल्लामा पहिलो चरणका लागि धान खरिद कोटा ३५ हजार क्विन्टल रहेको छ, कोटा बढ्न सक्ने देखिन्छ, प्रतिकिसानबाट बढीमा ५० क्विन्टलका दरले धान खरिद गर्ने योजना छ ।’

कार्यालय प्रमुख थापाले धान बिक्रीका लागि किसानले परिचय खुल्ने कागजात, किसान प्रमाणित भएको वडाको सिफारिस, चेकको प्रतिलिपि ल्याउनुपर्ने बताए।

खाद्यले धान खरिद सुरु गरेसँगै किसानले सरकारले निर्धारण गरेको समर्थन मूल्य पाउने भएका छन् । यसअघि किसान सस्तोमा व्यापारीलाई धान बिक्री गर्न बाध्य थिए । गत वर्ष जिल्लामा कम्पनीको धान खरिदको कोटा ५५ हजार क्विन्टल रहेकामा ३४ हजार ५०० क्विन्टलमात्र खरिद भएको कार्यालय प्रमुख थापाले जानकारी दिए ।

प्रकाशित मिति : १२ कार्तिक २०८२, बुधबार  ३ : ०५ बजे

झापाको मानव आश्रमद्वारा १२१ जना सडकबाट उद्धार

झापा– मेचीनगर नगरपालिका–४ बाहुनडाँगीमा सञ्चालित मानव आश्रम झापा शाखाले एक

गाडीको ठक्करबाट एक जनाको मृत्यु

काँक्रेविहार– गाडीको ठक्करबाट शनिबार बिहान घाइते भएका दैलेखको डङे्गेश्वर गाउँपालिका–५

युक्रेनको नयाँ शान्ति प्रस्तावमा रूसको असहमति

मस्को- युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आइतबार अमेरिकाको फ्लोरिडा राज्यमा राष्ट्रपति

प्रधानमन्त्री कार्की र प्रमुख दलका शीर्ष नेताबीच छलफल हुँदै

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्की र प्रमुख तीन राजनीतिक दलका शीर्ष

स्थानीय उत्पादन प्रवर्द्धन गर्न गोङ्गबुमा कृषि मेला

काठमाडौं–  स्थानीय उत्पादन प्रवर्द्धनका लागि गोङ्गबुमा कृषि मेला आयोजना भएको