पारसले कप्तानीबाट राजीनामा दिने बेला भएको थिएन– उपकप्तान मल्ल « Khabarhub

पारसले कप्तानीबाट राजीनामा दिने बेला भएको थिएन– उपकप्तान मल्ल


२८ आश्विन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका उपकप्तान ज्ञानेन्द्र मल्लले पारस खड्काको कप्तानी छोड्ने निर्णय सही नभएको प्रतिक्रिया जनाएका छन् । आफ्नाबारे निर्णय गर्ने अधिकार पारसलाई भएपनि यो सही नभएको उनको भनाइ छ ।

‘पारसको निर्णय राम्रो त पक्कै होइन’ मल्लले खबरहबसँग भने,’उनको निर्णय हो । त्यसको सम्मान गर्नै पर्छ ।’

कप्तान खड्काले क्यानको नव निर्वाचित कार्यसमितिलाई सहज रुपमा काम गर्न सुझाउँदै कप्तानी त्यागेको घोषणा गरेका छन् । उपकप्तान मल्लले खड्काले नेपाली क्रिकेटकै लागि राम्रो सोचेर निर्णय गरेको हुन सक्ने बताए ।

‘पारसले सोच विचार गरेरै निर्णय गरेका होलान् । क्रिकेट टोलीको कप्तानी गरिसकेको खेलाडी भएकाले पनि अहिलेको ‘सिनारियो’ बुझैर निर्णय गरेको होलान्,’ मल्लले भने,‘क्रिकेटकै लागि गरेका होलान् । कप्तानबाट राजीनामा दिने समय चाँहि अलि चाँडै होकि जस्तो लाग्यो ।’

१ दशक कप्तानी गरेका पारसले नेपाली त्रिकेट टोलीलाई नयाँ उचाई दिँदै एकदिवसिय अस्थायी मान्यता दिलाइ सकेका छन् । तर, अहिले नेपाली टोलीमा रहेका सिनियर खेलाडीहरु टाली बाहिर रहँदा युवा खेलाडीको बर्चश्व रहेको नेपाली क्रिकेट टोलीलाई उनको कप्तानी अझै एक, दुई बर्ष आवश्यक रहेको मल्लको भनाइ छ ।

उनले भने,‘हतार भन्दा पनि हुनत एक दशक नै कप्तानी गरिसक्यो तर, अहिलेको अवस्थामा अझै एक दुई बर्ष कप्तानमा रहेको भए हुन्थ्यो भन्ने हो ।’

प्रकाशित मिति : २८ आश्विन २०७६, मंगलबार  १ : ४२ बजे

विश्वकपमा इरानलाई आतिथ्यता दिन मेक्सिको तयार

मेक्सिको सिटी – विश्वकपमा इरानलाई आतिथ्यता दिन मेक्सिको तयार रहेको

रुखको हाँगा ट्याक्टरमा खस्दा एक जनाको मृत्यु

बारा – बाराको निजगढमा आज साँझ आएको हुरीले रुखको हाँगा

किशोर श्रेष्ठ प्रकरणमा प्रेस संगठन आक्रोशित, निष्पक्ष छानबिनको माग

काठमाडौं – वरिष्ठ पत्रकार किशोर श्रेष्ठसँग सम्बन्धित पछिल्लो घटनाप्रति पत्रकार

अण्डाको मूल्य फेरि बढ्यो

चितवन – नेपाल लेयर्स कुखुरापालक संघले अण्डाको नयाँ समर्थन मूल्य

सभामुख अर्यालसँग राजदूत पार्कको शिष्टाचार भेटवार्ता

काठमाडौं – प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालसँग नेपालका लागि गणतन्त्र कोरियाका