भारतको ९५ प्रतिशत व्यापार समुद्री मार्गबाट « Khabarhub

भारतको ९५ प्रतिशत व्यापार समुद्री मार्गबाट


११ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतको ९५ प्रतिशत व्यापार समुद्री मार्गबाट हुने गरेको तथ्यांक सार्वजनिक भएको छ । भारतको व्यापार आयतनको हिसाबमा लगभग ९५ प्रतिशत र मूल्यको हिसाबमा लगभग ७० प्रतिशत समुद्री मार्गहरू मार्फत हुने गरेको हो । यसले भारतको अर्थतन्त्र र व्यापारिक प्रतिस्पर्धामा समुद्री मार्गको महत्वलाई उजागर छ ।

सरकारी प्रेस विज्ञप्तिमा उल्लेखित यस तथ्याङ्कले समुद्री क्षेत्र भारतको विश्वव्यापी व्यापार र विकासको मेरुदण्ड रहेको देखाउँछ । रिपब्लिक वर्ल्डका अनुसार कच्चा तेल र कोइलादेखि इलेक्ट्रोनिक्स, कपडा र कृषि वस्तुहरूसम्म भारतको अधिकांश आयात र निर्यात बन्दरगाहहरूबाट हुन्छ । यसले राष्ट्रिय प्रतिस्पर्धात्मकता र ग्लोबल इन्टिग्रेसनका लागि समुद्री यातायातको साम्मथ्र्य महत्वपूर्ण बनाउँछ ।

यो जीवनरेखालाई सुदृढ पार्न भारतले मरिटाइम इण्डिया भिजन (एमआईभी) २०३० कार्यक्रम लागू गरेको छ । यस रोडम्यापमा १ सय ५० भन्दा धेरै परियोजनाहरु समावेश हुने प्रक्षेपण छ । यसको लगानी ३ देखि ३.५ लाख करोड रुपैयाँको रहेको छ ।

जहाज निर्माणको लागि ६९,७२५ करोड रुपैयाँको प्याकेज अघि सारिएको छ । यस प्रकारका योजनाले बन्दरगाहहरूलाई आधुनिकीकरण गर्ने, ढुवानी क्षमता विस्तार गर्ने र अन्तर्देशीय जलमार्गहरूलाई बढावा दिने लक्ष्य राखेको छ । आर्थिक वर्ष २०२४–२५ मा प्रमुख बन्दरगाहहरूले लगभग ८५५ मिलियन टन कार्गो व्यवस्थापन गरेका थिए । यो अघिल्लो वर्ष ८१९ मिलियन टन रहेको थियो ।

विगत एक दशकमा भारतको बन्दरगाह क्षमता लगभग दोब्बरले वृद्धि भएको छ । यसअघि यसको क्षमता १,४०० मिलियन मेट्रिक टन प्रतिवर्ष रहेकोमा हाल २,७६२ मिलियन मेट्रिक टन प्रतिवर्ष पुगेको छ । त्यसैगरी, कार्गो व्यवस्थापन ९७२ मिलियनबाट १,५९४ मिलियन टन पुगेको छ ।

प्रकाशित मिति : ११ कार्तिक २०८२, मंगलबार  ३ : १७ बजे

सिंहदरबारमा निर्वाचन तयारीबारे सर्वपक्षीय छलफल सुरु (तस्बिरहरू)

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको संसारमा

धनुषामा एक अस्पतालसहित चार वटा औषधि पसललाई कारबाही

जनकपुरधाम– सरकारले तोकेको मापदण्ड विपरीत अवैध रूपमा, दर्ता नगरी सञ्चालित

लघुवित्त तथा मिटरब्याजपीडित आन्दोलित (तस्बिरहरू)

 काठमाडौं– लघुवित्त तथा मिटरब्याज पीडितले आजदेखि काठमाडौं केन्द्रित आन्दोलन थालेका

साइकल चढ्नेहरू दिनप्रतिदिन घट्दै

कञ्चनपुर– कुनै समय कञ्चनपुरलगायत तराई क्षेत्रको जनजीवनको अभिन्न अङ्ग मानिने

च्यातिएको गञ्जी बोकेर प्रदर्शन गर्दै जेन-जी (तस्बिरहरू)

काठमाडौं- जेन-जी नेता मिराज ढुंगााको नेतृत्वको समूहले काठमाडौंको माइतीघरमा आन्दोलन