‘धन बिनाको मन’को ट्रेलर : अशोकले सडकमा गीत गाएको दृश्य पनि सामवेश « Khabarhub

‘धन बिनाको मन’को ट्रेलर : अशोकले सडकमा गीत गाएको दृश्य पनि सामवेश


१२ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


279
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बालगायक अशोक दर्जीको जीवनीमा आधारित कथामा बनेको फिल्म ‘मन बिनाको धन’को बुधबार बानेश्वरमा एक कार्यक्रमको आयोजना गरी ट्रेलर सार्वजनिक गरिएको छ ।

फिल्मको कथा गायक अशोकको जीवन यात्राबारे रहेको ट्रेलरले प्रष्ट पारेको छ ।

झापामा सडकमा बसेर गीत गाउँदै पैसा संकलन गरेको अवस्थामा अशोकलाई गायक तथा संगीतकार टंक बूढाथोकीले संरक्षण दिएका थिए ।

टंकले अशोकलाई काठमाडौं ल्याए गायक बनाउनु साथै आफूसँग राखेर पढाइ रहेका छन् ।

यी घटनाक्रमलाई फिल्ममा मुख्यरुपमा प्रस्तुत गरिएको ट्रेलरले बताउँछ । ट्रेलरमा अशोकलले झापाको सडकमा गीत गाइरहेको दृश्य पनि राखिएको छ । काठमाडौं आएपछि स्कुलमा पढ्दाको उत्तारचढाव पनि ट्रेलरमा अटाइएको छ ।

अशोकको साथीको भूमिकामा टंकका छोरा एआर छ । वास्तविक जीवनमा एआर र आशोक मिल्ने साथीहरु हुन् ।

फिल्ममा नायिका नीता ढुंगाना स्कुलको शक्षिकाको भूमिकामा छिन् । नायक सरोज खनाललाई अशोकको स्कुलको प्रध्यानाध्यापकको भूमिकामा देखाइएको छ ।

फिल्ममा भोलाराज सापकोटा र रवीन्द्र मिश्रको समेत अभिनय रहेको छ ।

यही फिल्मबाट टंकले फिचर फिल्म लेखन र निर्देशनमा डेब्यू गरेका हुन् । टंक बूढाथोकी प्रडक्सनको ब्यानरमा बनेको यस फिल्मको निर्माता विष्णुमाया मैनाली हुन् ।

यो फिल्मको प्रदर्शन मिति कात्तिक २१ लाई तोकिएको छ ।

ट्रेलरको लिंक :

प्रकाशित मिति : १२ कार्तिक २०८२, बुधबार  ३ : ४५ बजे

सुपर कपको उपाधि बार्सिलोनालाई : फाइनलमा राफिन्हाले गरे दुई गोल

काठमाडौं – स्पेनिस सुपर कपको उपाधि बार्सिलोनाले उचालेको छ ।

कांग्रेसको विशेष महाधिवेशन : आज बिहान १० बजेदेखि बन्दसत्र

काठमाडौं – नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको बन्दसत्र सोमबार बिहान

राजनीतिक बन्दीको रिहाइको पर्खाइमा भेनेजुएलाका विपक्षी दल र सर्वसाधारण

भेनेजुएला – भेनेजुएलाका अपदस्थ राष्ट्रपति निकोलस मदुरोले अमेरिकी सेनाको अपहरपछि

निर्वाचन ५२ दिन बाँकी : आजसम्म समानुपातिक उम्मेदवारी फिर्ता लिन सकिने

काठमाडौँ- आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर