आलुखेती गर्ने कञ्चनपुरका किसानलाई मौसमकै चिन्ता « Khabarhub

आलुखेती गर्ने कञ्चनपुरका किसानलाई मौसमकै चिन्ता


१२ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– मौसममा आएको परिवर्तनका कारण यहाँका आलुखेती गर्दै आएका किसानलाई समस्या परेको छ । 

आलु रोप्ने चटारोमा रहेका किसानले तीन दिनदेखि आकाशमा बादल लागेर पानी पर्ने जस्तो मौसम भएपछि आलु रोप्न नपाएका हुन् । आलु रोपेका किसानलाई पनि वर्षा भए बिग्रने चिन्ताले सताउन थालेको छ ।
 
बेदकोट नगरपालिका–१ का किसान गोपाल रानाले तीन दिनअघिमात्र पाँच कठ्ठामा आलु रोपेको बताए। 

‘वर्षा होलाजस्तै छ’, उनले भने, ‘वर्षा भए रोपेको आलुको बीउ नै कुहिने डर छ, निकै चिन्तित छौँ, वर्षा भए रोपेको आलु त बिग्रिन्छ नै, रोप्नका लागि ठिक्क पारिएको खेतमा पानी जम्ने भएकाले खेती गर्न ढिलो हुँदा उत्पादनमा असर पर्छ ।’

वर्षा भए खेतमा पानी जम्ने, आलुको बीउ उम्रिन ढिलो हुने र रोग कीरा बढ्ने समस्या हुनसक्ने कृषि प्राविधिक सन्तोषबहादुर सिंहले बताए।

कञ्चनपुरमा आलु प्रमुख नगदे बालीका रूपमा रहेको छ । पछिल्ला वर्षहरूमा अनियमित वर्षा र जलवायु परिवर्तनका कारण किसानले समस्या भोग्दै आएका छन् । 

सिँचाइ प्रणालीमा सुधार र मौसमअनुकूल प्रविधि अपनाउन सकेमात्र आलुलगायतका तरकारी उत्पादनलाई व्यवस्थित बनाउन सकिने कृषि विज्ञहरूको भनाइ छ । 

प्रकाशित मिति : १२ कार्तिक २०८२, बुधबार  ३ : ५२ बजे

गृहमन्त्री गुरुङ स्वदेश फिर्ता

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ तीनदिने भारत भ्रमण सम्पन्न गरी

आफूमाथि छानबिन गर्न माग गर्दै खगेन्द्रले भने : दोषी ठहरिए जस्तोसुकै सजाय भोग्न तयार छु

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद खगेन्द्र सुनारले आफूमाथि

उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको शिष्टाचार भेट

काठमाडौं – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहसँग नेपालका चीनका

उपभोक्ता हितविपरीत काम गर्ने पाँच व्यवसायीलाई पाँच लाख १५ हजार जरिवाना

झापा – यहाँ उपभोक्ता हितविपरीत कार्य गर्ने पाँच व्यवसायीलाई रु

दूरसञ्चार सेवासम्बन्धी उपकरण आयातमा नौ अर्बभन्दा बढी रकम

काठमाडौँ– सरकारले आर्थिक वर्ष २०८१-८२ मा दूरसञ्चार सेवाको लागि आवश्यक