गैरकानुनी रुपमा हडपेका भूभागमा गम्भीर मानव अधिकार उल्लङ्घनका घटना रोक्न पाकिस्तानलाई भारतको आग्रह « Khabarhub

गैरकानुनी रुपमा हडपेका भूभागमा गम्भीर मानव अधिकार उल्लङ्घनका घटना रोक्न पाकिस्तानलाई भारतको आग्रह


१२ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतले पाकिस्तानलाई गैरकानुनी रुपमा हडपेका भूभागमा गम्भीर मानव अधिकार उल्लङ्घनका घटना रोक्न आग्रह गरेको छ । संयुक्त राष्ट्रसंघमा भारतका स्थायी प्रतिनिधि पर्वथेनेनी हरिशले पाकिस्तानलाई मानव अधिकार उल्लङ्घनका घटना रोक्न आग्रह गरेका हुन् ।

‘हामी पाकिस्तानलाई गैरकानुनी रुपमा हडपेका भूभागमा गम्भीर र हाल चलिरहेका मानव अधिकार उल्लङ्घन रोक्न आग्रह गर्दछौँ ।’ उनले भने । उनले ती क्षेत्रमा जनताहरु पाकिस्तानको फौजी कब्जा, दमन, उत्पीडन र स्रोतको गैरकानुनी शोषणविरुद्ध खुला विद्रोहमा उत्रिएको पनि उल्लेख गरे ।

उनले जम्मु र कश्मीर जहिलेपनि भारतको अभिन्न र अखण्ड हिस्सा रहेको भन्दै उनले पाकिस्तानमा मानिसहरुले आधारभूत अधिकारको उपभोग गर्ने अवधारणा अनौठो रहेको बताए । उनले भारत वसुधैव कुटुम्बमको नीतिप्रति पूर्ण प्रतिबद्ध रहेको पनि उल्लेख गरे ।

प्रकाशित मिति : १२ कार्तिक २०८२, बुधबार  ८ : ०७ बजे

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – आज २०८२ साल चैत २५ गते बुधबार वैशाख

पाकिस्तानी मध्यस्थतामा अमेरिका-इरान युद्धविराम: दुई साताका लागि आक्रमण स्थगित

काठमाडौँ – पाकिस्तानी नेतृत्वको सघन कूटनीतिक प्रयासपछि अमेरिका र इरान

अमेरिका र इरानबीच युद्धविरामको सहमति

काठमाडौँ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कडा धम्कीपछि अमेरिका र

आज २०८२ साल चैत २५ गते बुधबारको राशिफल

काठमाडौँ – आज २०८२ साल चैत २५ गते बुधबार वैशाख

रेलयात्रा नगर्न इरानी जनतालाई इजरायलको चेतावनी

काठमाडौँ – इजरायलले इरानी जनतालाई रेलमार्गको यात्रा नगर्न चेतावनी दिएको