बालुवाटार बैठकपछि सागर ढकालः दललाई बाइपास गरेर जान सकिँदैन « Khabarhub

बालुवाटार बैठकपछि सागर ढकालः दललाई बाइपास गरेर जान सकिँदैन


१२ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


516
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सागर ढकाल जेन जीको प्रतिनिधि बनेर प्रधानमन्त्रीको सरकारी निवासमा बालुवाटारमा आयोजित सरकार, राजनीतिक दलसँगको बैठकमा सहभागी भए।

बैठकपछि उनले राजनीतिक दललाई बाइपास गरेर जान नसकिने भन्दै बैठकमा पनि यही विषयमा कुरा राखेको बताए।

‘दललाई बाइपास गरेर जान सकिँदैन। सरकारले नै पहिलो चरणमा छलफल गर्याे। सुरुवात भएको छ। यहाँ कुरा चुनावको धेरै आयो,’ उनले भने, ‘चुनाव मात्रै हो त ? भ्रष्टाचार र सुशासन मुख्य एजेन्डा हो नि त। प्रमुख पार्टीहरुलाई लोकतन्त्रका लागि धन्यवाद। प्रजातन्त्र आएको यतिका वर्षसम्म केही नगर्ने? अब त केही गर्नै पर्छ। निर्वाचन त गर्ने हो, सुधारिएको चुनाव गर्ने हो।’

बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै उनले थपे, ‘विदेशमा भएकाले भोट हाल्न पाउनुपर्यो। जो जहाँ छ त्यहीँबाट भोट गर्ने व्यवस्था गर्नुपर्छ। टेक्नोलोजी फ्रेन्ली हुनुपर्छ भनियो।’

उनले नेकपा एमालेप्रति संकेत गर्दै चुनाव जान नसकिने भन्ने खाले कुरा गरेको बताए। आजको बैठकमा नेकपा एमालेका नेता महेश बर्ताैलाले भदौ २७ गते प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलद्वारा विघटन भएको संसद् ब्युँताएर जेनजीको माग सम्बोधन गर्न सकिने र अहिलेको अवस्थामा चुनावमा जान नसकिने बताएका थिए।

प्रकाशित मिति : १२ कार्तिक २०८२, बुधबार  १० : ५० बजे

कृष्ण थापाको निधनमा अध्यक्ष ओली : मेरा ४३ वर्ष देखिका साथीको निधनमा दुःखी छु

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी केन्द्रीय सदस्य

समानुपातिकको सांसद छान्न हर्क साम्पाङलाई तनाव, दिए पार्टीबाटै हटाउने चेतावनी

काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङले समानुपातिकतर्फको सांसदको

समानुपातिकतर्फ चार लाख ४५ हजार मत बदर

काठमाडौं- यही फागुन २१ मा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्ष

महावीर पुनको निर्वाचन खर्च २८ लाख ६८ हजार भन्दा बढी

म्याग्दी – नवनिर्वाचित सांसद महावीर पुनले आफ्नो निर्वाचन खर्चको विवरण

चुनावको खर्च विवरण ३५ दिनभित्रै सार्वजनिक गर्न आग्रह

काठमाडौँ – निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन प्रचारप्रसारमा भएको आम्दानी