बालुवाटार बैठकपछि सागर ढकालः दललाई बाइपास गरेर जान सकिँदैन | Khabarhub Khabarhub

बालुवाटार बैठकपछि सागर ढकालः दललाई बाइपास गरेर जान सकिँदैन


१२ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


513
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सागर ढकाल जेन जीको प्रतिनिधि बनेर प्रधानमन्त्रीको सरकारी निवासमा बालुवाटारमा आयोजित सरकार, राजनीतिक दलसँगको बैठकमा सहभागी भए।

बैठकपछि उनले राजनीतिक दललाई बाइपास गरेर जान नसकिने भन्दै बैठकमा पनि यही विषयमा कुरा राखेको बताए।

‘दललाई बाइपास गरेर जान सकिँदैन। सरकारले नै पहिलो चरणमा छलफल गर्याे। सुरुवात भएको छ। यहाँ कुरा चुनावको धेरै आयो,’ उनले भने, ‘चुनाव मात्रै हो त ? भ्रष्टाचार र सुशासन मुख्य एजेन्डा हो नि त। प्रमुख पार्टीहरुलाई लोकतन्त्रका लागि धन्यवाद। प्रजातन्त्र आएको यतिका वर्षसम्म केही नगर्ने? अब त केही गर्नै पर्छ। निर्वाचन त गर्ने हो, सुधारिएको चुनाव गर्ने हो।’

बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै उनले थपे, ‘विदेशमा भएकाले भोट हाल्न पाउनुपर्यो। जो जहाँ छ त्यहीँबाट भोट गर्ने व्यवस्था गर्नुपर्छ। टेक्नोलोजी फ्रेन्ली हुनुपर्छ भनियो।’

उनले नेकपा एमालेप्रति संकेत गर्दै चुनाव जान नसकिने भन्ने खाले कुरा गरेको बताए। आजको बैठकमा नेकपा एमालेका नेता महेश बर्ताैलाले भदौ २७ गते प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलद्वारा विघटन भएको संसद् ब्युँताएर जेनजीको माग सम्बोधन गर्न सकिने र अहिलेको अवस्थामा चुनावमा जान नसकिने बताएका थिए।

प्रकाशित मिति : १२ कार्तिक २०८२, बुधबार  १० : ५० बजे

वर्षा र हिमपातका कारण जोखिम बढेपछि कास्की प्रशासनको सतर्कता अपनाउन आग्रह

गण्डकी – जिल्ला प्रशासन कार्यालय कास्कीले बाढीजन्य प्रकोपमा सतर्कता अपनाउन

माओवादी केन्द्रसँग एकता गर्ने नेसपाको निर्णय

काठमाडौं – महिन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा)ले

जाँचबुझ आयोगद्वारा जेनजी आन्दोलनका क्रममा भएको क्षतिको विवरण सङ्कलन

कञ्चनपुर – गत भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा

ट्रम्प-सी भेटवार्ता : थामिएला दुई ‘महाशक्ति’ बीचको व्यापार युद्ध ?

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार दक्षिण कोरियामा चिनियाँ राष्ट्रपति

स्वनिर्मित नियम घोषणा गरी विश्व व्यापारलाई नबिथोल्न चीनको आग्रह

बेइजिङ– चीनले जी–७ राष्ट्रहरूलाई एउटा समूहको स्वनिर्मित नियमको प्रयोग गरी