विश्वकप लिग-२ : आज यूएईसँग भिड्दै नेपाल | Khabarhub Khabarhub

विश्वकप लिग-२ : आज यूएईसँग भिड्दै नेपाल


१३ कार्तिक २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


351
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आइसीसी विश्वकप क्रिकेट लिग–२ मा आज नेपालले यूएईसँग प्रतिस्पर्धा गर्दैछ । नेपाल र यूएईको खेल बिहीबार बिहान ११ बजेर १५ मिनेटमा सुरु हुँदैछ । लिग–२ अन्तर्गत यूएई सिरिजको पहिलो खेलमा अमेरिकासँग पराजित भएको नेपालका लागि आजको खेल जित्नै पर्ने दबाब छ ।

लिग–२ शृङ्खलामा नेपाल र आयोजक युएईलाई हराएपछि अमेरिका तालिकाको शीर्षस्थानमा उक्लिएको छ ।

दुबई इन्टरनेशनल क्रिकेट मैदानमा मङ्गलबार राति भएको खेलमा अमेरिकाले युएईलाई चार विकेटले हरायो । यसअघि शृङ्खलाको पहिलो खेलमा अमेरिकाले नेपालमाथि एक सय ६ रनको सहज जित निकालेको थियो ।

अमेरिकासँगको पहिलो खेलमा कमजोर ब्याटिङ गरेको नेपाललाई घरेलु टोली युएईलाई पराजित गर्नुपर्ने दबाब छ । युएईसमेत घरेलु मैदानमा पहिलो जितको खोजीमा हुनेछ ।

नेपालले युएईपछि शृङ्खलाको अर्को खेल कात्तिक १५ गते शनिबार अमेरिकासँग र अन्तिम खेल कात्तिक १९ गते बुधबार युएईसँग खेल्नेछ ।

विश्वकप लिग–२ मा १७ खेल खेलेको नेपालले १२ अङ्क जोडेको छ। समान खेल खेलेको युएईको ६ अंक छ। तालिकामा नेपाल सातौं स्थानमा छ भने युएई आठौं स्थानमा छ। २२ खेल खेलिसकेको अमेरिका ३२ अङ्कसहित तालिकाको दोस्रो स्थानमा छ।

प्रकाशित मिति : १३ कार्तिक २०८२, बिहीबार  ६ : २४ बजे

एमाले महाधिवेशनः यस्तो छ २१ सय प्रतिनिधिकोक्लस्टर

काठमाडौं । नेकपा एमाले सचिवालय बैठकले आउँदो ११औं महाधिवेशनका लागि

हरिबोधिनी एकादशीः २६ हजारले गरे चाँगुनारायणको दर्शन

भक्तपुर – भक्तपुरको चाँगुनारायण मन्दिरमा हरिबोधनी एकादशीका दिन आज २६

सुदूरपश्चिम रोयल्सको प्रशिक्षण आजबाट सुरु

काठमाडौं – सुदूरपश्चिम रोयल्सले दोस्रो सिजनको नेपाल प्रिमियर लिग (एनपीएल)का

तान्जानियाको राष्ट्रपतिमा सामिया पुनः निर्वाचित

एजेन्सी– तान्जानियामा पछिल्लो केही दिनदेखि जारी अशान्तिका बीच भएको निर्वाचनमा

प्रधानमन्त्रीले डाकिन् सातै प्रदेशका मुख्यमन्त्रीको बैठक

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले सातै प्रदेशका मुख्यमन्त्रीहरूको बैठक आह्वान गरेकी