बागमती, कोशी र मधेशमा बाढीको जोखिम : कुन नदीको अवस्था के छ ? | Khabarhub Khabarhub

बागमती, कोशी र मधेशमा बाढीको जोखिम : कुन नदीको अवस्था के छ ?


१३ कार्तिक २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बिहीबार बिहानका रातिदेखि नै उपत्यकासहित देशभर वर्षा भइरहेको छ। देशका विभिन्न भागमा ‘मोन्था’ चक्रवातको प्रभावले वर्षा भइरहेकाले केही नदीमा बाढीको जोखिमसमेत बढेको छ।

पूर्वानुमान महाशाखाका अनुसार आज कोशी, मधेश र बागमती प्रदेशका अधिकांश नदीको बहाव बढ्नेछ। यसको प्रभाव शनिबारसम्म नै रहने महाशाखाले जनाएको हो। महाशाखाले यी प्रदेशका नदी किनारका बासिन्दालाई सतर्क रहन अनुरोधसमेत गरेको छ।

महाशाखाका अनुसार बिहीबार ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, तेह्रथुम, पाँचथर, ओखलढुङ्गा, खोटाङ, भोजपुर, धनकुटा, इलाम, झापा, मोरङ, सुनसरी, उदयपुर, पर्सा, बारा, रौतहट, सर्लाही, धनुषा, महोत्तरी, सिराहा, सप्तरी, सिन्धुली, रामेछाप, काभ्रेपलान्चोक, ललितपुर, भक्तपुर, मकवानपुर, चितवन, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, रुपन्देही, कपिलवस्तु र आसपासका जिल्ला भएर बग्ने नदीमा बाढीको जोखिम रहेको छ। आकस्मिक रुपमा बाढी आउनसक्ने भन्दै महाशाखाले यात्रा गर्दासमेत सचेत हुन अनुरोध गरेको छ।

बागमती, मधेश र कोशी प्रदेशका सानाठुला जुनसुकै नदीमा आकस्मिक रुपमा बाढी आउने जोखिम रहेको जनाएको महाशाखाले सप्तकोशी, तमोर, अरुण, दुधकोशी, तामाकोशी, सुनकोशी, कन्काई, कमला, बागमदी, राप्तीमा बाढीको जोखिम रहेको उल्लेख गरेको छ। यो चक्रवातको प्रभाव तीन दिनसम्म रहनेछ।

प्रकाशित मिति : १३ कार्तिक २०८२, बिहीबार  ८ : २२ बजे

गृहिणीबाट उद्यमी : सीपले जीवन बदल्दै भोजपुरका महिलाको

भोजपुर– पहिले घरधन्दा र परिवारमा सीमित भोजपुरका महिला अहिले आफ्नै

जेन-जीका माग सम्बोधन गर्न सबै दल सकारात्मक हुनु जरुरी : महासचिव पोखरेल

देउखुरी – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले जेन-जी

शंकर पोखरलले भने- न्यायालयमाथि आक्रमण गरेर कानुनी व्यवस्थालाई खल्बल्याउने षड्यन्त्र भयो

काठमाडौं– नेकपा एमालेका महासचिव शंकर पोखरलले जेन-जी आन्दोलनका क्रममा नेपालको

शुक्लाफाँटा निकुञ्जको मध्यवर्ती क्षेत्रका उपभोक्ताले नदीजन्य पदार्थ प्रयोग गर्न पाउने

कञ्चनपुर– शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रका उपभोक्ताहरुले घरायसी प्रयोजनका लागि