बागमती, कोशी र मधेशमा बाढीको जोखिम : कुन नदीको अवस्था के छ ? « Khabarhub

बागमती, कोशी र मधेशमा बाढीको जोखिम : कुन नदीको अवस्था के छ ?


१३ कार्तिक २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बिहीबार बिहानका रातिदेखि नै उपत्यकासहित देशभर वर्षा भइरहेको छ। देशका विभिन्न भागमा ‘मोन्था’ चक्रवातको प्रभावले वर्षा भइरहेकाले केही नदीमा बाढीको जोखिमसमेत बढेको छ।

पूर्वानुमान महाशाखाका अनुसार आज कोशी, मधेश र बागमती प्रदेशका अधिकांश नदीको बहाव बढ्नेछ। यसको प्रभाव शनिबारसम्म नै रहने महाशाखाले जनाएको हो। महाशाखाले यी प्रदेशका नदी किनारका बासिन्दालाई सतर्क रहन अनुरोधसमेत गरेको छ।

महाशाखाका अनुसार बिहीबार ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, तेह्रथुम, पाँचथर, ओखलढुङ्गा, खोटाङ, भोजपुर, धनकुटा, इलाम, झापा, मोरङ, सुनसरी, उदयपुर, पर्सा, बारा, रौतहट, सर्लाही, धनुषा, महोत्तरी, सिराहा, सप्तरी, सिन्धुली, रामेछाप, काभ्रेपलान्चोक, ललितपुर, भक्तपुर, मकवानपुर, चितवन, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, रुपन्देही, कपिलवस्तु र आसपासका जिल्ला भएर बग्ने नदीमा बाढीको जोखिम रहेको छ। आकस्मिक रुपमा बाढी आउनसक्ने भन्दै महाशाखाले यात्रा गर्दासमेत सचेत हुन अनुरोध गरेको छ।

बागमती, मधेश र कोशी प्रदेशका सानाठुला जुनसुकै नदीमा आकस्मिक रुपमा बाढी आउने जोखिम रहेको जनाएको महाशाखाले सप्तकोशी, तमोर, अरुण, दुधकोशी, तामाकोशी, सुनकोशी, कन्काई, कमला, बागमदी, राप्तीमा बाढीको जोखिम रहेको उल्लेख गरेको छ। यो चक्रवातको प्रभाव तीन दिनसम्म रहनेछ।

प्रकाशित मिति : १३ कार्तिक २०८२, बिहीबार  ८ : २२ बजे

पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित

पोखरा (कास्की) । पोखरा विश्वविद्यालयको २६औँ साधारणसभाले आर्थिक वर्ष २०८३/८४

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि

सरकारले संसद्‍लाई पूर्णरूपमा उपेक्षा गर्‍यो : खुश्बु ओली

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले संसद्‍लाई

गुल्मीमा मात्रै खसीबोका विक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी – राम्रो आम्दानी लिन सकिने भएपछि गुल्मीका किसान खसीबोका