नेकपा विदेश विभागको निष्कर्ष– चिनियाँ राष्ट्रपति सीको भ्रमण फलदायी « Khabarhub

नेकपा विदेश विभागको निष्कर्ष– चिनियाँ राष्ट्रपति सीको भ्रमण फलदायी


२८ आश्विन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विदेश विभागले चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण फलदायी भएको निष्कर्ष निकालेको छ ।

नेकपाको विदेश विभागको मंगलबार बसेको बैठकले चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका बारेमा समीक्षा गरेको हो ।

बैठकले भ्रमण फलदायी भएको र दीर्घकालीन महत्व र नेपालको विकासमा कोशेढुंगा हुने निष्कर्ष निकालिएको छ ।

विदेश विभागका प्रमुख माधवकुमार नेपालले राष्ट्रपति सीको भ्रमणले नेपालको अन्तर्राष्ट्रियय प्रतिष्ठा र महत्व बढाएको उल्लेख गर्दै यसबाट लाभ लिनुपर्नेमा जोड दिए ।

बैठकमा उपप्रमुखद्वय राम कार्की र विष्णु रिजालका साथै डा. युवराज संग्रौला, मिलन तुलाधर, डा. रुपक सापकोटा र मात्रिका पौड्यालले भ्रमणका विविध पाटा बारे आफ्नो धारणा र विश्लेषण प्रस्तुत गरेका थिए ।

राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपालको दुई दिने राजकीय भ्रमण गरेका थिए ।

शनिवार नेपाल आएका शीले राष्ट्रपति भण्डारी, प्रधानमन्त्री केपी ओली, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपाका सचिवालय सदस्यहरुसँग भेटवार्ता गरेका थिए ।

सीको नेपाल भ्रमणका समयमा नेपाल र चीनबीच विभिन्न २० बुँदे सहमतिसमेत भएको थियो ।

सीको सम्मानमा राष्ट्रपति भण्डारीले रात्रिभोजको आयोजना गरेकी थिइन् ।

राजकीय भ्रमण सकाएर सी शनिवार चीन प्रस्थान गरेका थिए ।

प्रकाशित मिति : २८ आश्विन २०७६, मंगलबार  ३ : ४३ बजे

कर्णालीमा खसेको गाडीका बेपत्ता चारमध्ये तीन जनाको शव भेटियो

कर्णाली – यही असार १८ गते सुर्खेतबाट कालिकोटतर्फ गइरहेको सवारीसाधन

वैदेशिक रोजगारीबाट फर्किएका युवाले मागे उद्यमका लागि पुँजी

बाँके – वैदेशिक रोजगारीबाट फर्किएका युवाले स्वदेशमै रोजगारी र उद्यम

कपिलवस्तुका १० पालिकाका २६६ स्थानमा सिसीटिभी जडान

कपिलवस्तु – जिल्लाका १० वटै स्थानीय तहका विभिन्न चोक, बजार

रासायनिक मलको माग बढेकाले आपूर्तिमा समस्या भयो : मन्त्री चौधरी

भरतपुर – कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले यस वर्ष

नाइजेरियामा सेनाको कारबाहीमा ३०० भन्दा बढी विद्रोहीको मृत्यु

नाइजेरिया – नाइजेरियाली सेनाले यो हप्ता उत्तरपश्चिमी जाम्फारा राज्यमा गरेको