काठमाडौं- नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले ३ वर्ष ७ महिनापछि एक दिवसीय क्रिकेट प्रतियोगितामा शतक बनाउन सफल भएका छन् ।
आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत यूएईको शारजहा क्रिकेट रंगशालामा घरेलु टोलीविरुद्ध ब्याटिङ गरिरहेको नेपालका लागि उनले शतक बनाएका हुन् ।
पौडेलले करिअरकै दोस्रो शतक यूएईविरुद्ध बनाए । उनले यसअघ सन् २०२२ मार्च २५ तारिखमा कीर्तिपुरमा क्रिकेट स्टेडियमा पपुवा न्यू गिनीविरुद्ध १२६ रनसहित पहिलो शतक बनाएका थिए ।
पौडेलले करिअरकै दोस्रो शतक बनाउन ३ वर्ष ७ महिना ५ दिन लगाए । उनले यस शतकसँगै कुशल कप्तानसहित ब्याटरका रुपमा आफूलाई फेरि प्रमाणित गरेका छन् ।













प्रतिक्रिया