एन्फासँग असन्तुष्टि जनाउँदै मुख्य प्रशिक्षक म्याट रसले दिए राजीनामा « Khabarhub

एन्फासँग असन्तुष्टि जनाउँदै मुख्य प्रशिक्षक म्याट रसले दिए राजीनामा


१३ कार्तिक २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अखिल नेपाल फुटबल संघ (एन्फा) को एकपछि अर्को विफलताको असर प्रशिक्षकमा पनि परेको छ।

नेपालमा घरेलु लिग फुटबलसमेत गराउन नसकेको एन्फाको अक्षम कार्यशैलीका कारण राष्ट्रिय पुरुष फुटबल टोलीका मुख्य प्रशिक्षक म्याट रसले ८ महिनामै राजीनामा दिएका छन् ।

उनले राजीनामा पत्र एन्फा महासचिव किरण राईलाई बुझाएका छन् । तर यसबारे अहिलेसम्म एन्फाले कुनै औ‍पचारिक प्रतिक्रिया दिएको छैन ।

एन्फा र रसबीच २०८१ फागुन १८ गते एक वर्षका लागि करार सम्झौता भएको थियो। तर उक्त करार सम्झौता सकिन नपाउँदै रसले आठ महिनामै नेपालबाट बिदा हुने निर्णय गरेका हुन् ।

रसले यसअघि नै नेपाली फुटबलको पछिल्लो अवस्थालाई लिएर एन्फाको आलोचना गरेका थिए । उनले घरेलु लिग फुटबल प्रतियोगिता नहुने देशले कुनै नतिजा दिन नसक्ने कडा टिप्पणी गरेका थिए ।

रसले आफ्नो आठ महिने कार्यकालमा मिश्रित नतिजा निकाले । रसको नेतृत्वमा नेपाली टोलीले खेलेका सात खेलमा एकमा मात्रै जित निकाल्यो । दुईवटा बराबरीमा चित्त बुझायो । उता चार खेलमा पराजयको सामना गरेको थियो ।

रसले नेतृत्व लिँदा नेपालले पहिलो खेलमा सिंगापुरलाई १–० ले पराजित गर्‍यो । उता हङकङ र बंगलादेशसँग नेपालले गोलरहित बराबरी खेल्यो । मलेसिया र लाओससँग पराजित भयो । भियतनामविरुद्धका दुई खेल गुमायो ।

एन्फाको अक्षमताका कारण महिला राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक प्याट्रिकले एउटा प्रतियोगिता खेलेर राजीनामा दिइसकेका छन्। पछिल्लो समय एन्फाले घरेलु लिग पनि गराउन सकेको छैन । उसले घरेलु प्रतियोगिताहरू गराउन नसक्दा नेपाली फुटबल संकटतिर धकेलिएको छ ।

प्रकाशित मिति : १३ कार्तिक २०८२, बिहीबार  ३ : ०० बजे

तस्बिरमा हेर्नुहोस् जुम्लाको मार्सी फाँट (तस्बिर)

जुम्ला– मार्सी धान पाक्ने समय नजिकिएसँगै जुम्लाका तिला र हिमा

कांग्रेस महाधिवेशनमा ३० स्वास्थ्यकर्मी सहितको हेल्थ डेस्क, दुई एम्बुलेन्स मैदानमै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा ३० जना स्वास्थ्यकर्मीसहितको हेल्थ डेस्क

कृषि उद्यशिलताका लागि वैदेशिक रोजगारीबाट फर्केका युवालाई उच्च प्राथमिकता

काठमाडौँ– उर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिँचाइ विभागले

काठमाडौँ महानगरले अब हुलाकबाट चिठ्ठी पठाउने, गोश्वारा हुलाकसँग सम्झौता

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले विभिन्न निकायसँग हुने पत्र व्यवहारलाई हुलाक मार्फत

अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही सडक

झापा– पूर्वी नेपालको प्रमुख व्यापारिक मार्गलाई अन्तर्राष्ट्रिय सडक सञ्जालसँग जोड्ने