काठमाडौं– नेपाली फुटबलको दीर्घकालीन विकासका लागि अध्ययन गर्न कार्यदल गठन गरिएको छ ।
बिहीबार सिंहदरबारस्थित खेलकुद मन्त्रालयमा खेलकुदमन्त्री बब्लु गुप्ता र एन्फा पदाधिकारीबीच भएको छलफलले फुटबलको दीर्घकालीन विकासका लागि अध्ययन गर्न पाँच सदस्यीय कार्यदल गठन गरिएको एन्फा महासचिव किरण राईले जानकारी दिए ।
एन्फाका प्रमुख कार्यकारी अधिकृत इन्द्रमान तुलाधरको संयोजकत्वमा गठन गरिएको कार्यदललाई पाँच दिनभित्र फुटबलको विकासको खाका प्रस्तुत गर्न खेलकुद मन्त्रीले निर्देशन दिएको राईले बताए ।
त्यस्तै ए डिभिजन लिगका सन्दर्भमा समेत मन्त्री गुप्ताले चासो व्यक्त गरेका थिए । क्लबहरू तयारी भए ए डिभिजन लिग आयोजना गर्न आफूहरू तयार रहेको जानकारी गराएको महासचिव राईले जानकारी दिए।
ए डिभिजन लिग सञ्चालन गर्न ३० देखि ४० करोडको खर्च हुने भए पनि मन्त्रालयबाट ४० लाख मात्रै विनियोजन गर्दा समस्या भएको उनले बताए ।
उनले लिगका लागि मन्त्रालयबाट आवश्यक सहयोग हुने प्रतिबद्धता आएको बताए ।
त्यस्तै छलफलमा सहभागी ए डिभिजन क्लबका प्रतिनिधिहरूले आफूहरू खेलका लागि तयार रहे पनि एन्फाले समयमा नै प्रतियोगिता आयोजना गर्न नसकेको जनाएका थिए ।
अहिलेको अवस्थामा होम अवे खेल खेल्न नसक्ने उनीहरूले जनाएका थिए ।













प्रतिक्रिया