यूएईविरुद्ध सन्दीप र करणले लिए विकेट « Khabarhub

यूएईविरुद्ध सन्दीप र करणले लिए विकेट


१३ कार्तिक २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आईसीसी विश्वकप लिग २ अन्तर्गत नेपालले अहिले यूएईको सामना गरिरहेको छ । दुबईमा जारी खेलमा नेपालले यूएईलाई २ सय ३४ रनको लक्ष्य दिएको छ ।

लक्ष्य पछ्याउँदै ब्याटिङ गरिरहेको यूएईले ताजा अवस्थामा १६ ओभरमा दुई विकेट गुमाउँदै ९३ रन बनाएको छ ।

अब यूएईलाई खेल जित्न ३४ ओभरमा १ सय ४१ रनको आवश्यकता छ । यूएईका आयांश शर्मा ४५ बलमा ३६ रन बनाउँदै खेलिरहेका छन् । उनलाई १४ बलमा ८ रन जोडेका राहुल चोपडाले साथ दिइरहेका छन् ।

खेलमा नेपालका सन्दीप लामिछाने र करण केसीले समान एक विकेट लिएका छन् ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै २ सय ३३ रन बनायो । नेपालका कप्तान रोहित पौडेलले शतकीर पारी खेले ।

१ सय ३० बलको सामना गरेका कप्तान पौडेलले १ सय ९ रन बनाए । त्यसैगरी, ओपनर आशिफ शेखले ४८ बलमा ३५ रन जोडे ।

प्रकाशित मिति : १३ कार्तिक २०८२, बिहीबार  ४ : ४६ बजे

योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’

म्याग्दी– पृष्ठभूमिमा लहरै हिमाल । वरपर घना जङ्गल । शान्त

सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न

काठमाडौं – सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका-३ दोभानस्थित निर्माणाधीन सुरुङ

गाँजासहित एक भारतीय पक्राउ

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब चार किलो २८४ ग्राम गाँजासहित

ला लिगा : विपक्षीको पोस्टमा एल्चेको चार गोल

काठमाडौं – ला लिगा अन्तर्गत गएराति भएको खेलमा रायो भालेकानोमाथि

विभागले गर्‍याे दुई रेष्टुरेन्टलाई ५० हजार रुपैयाँको दरले जरिवाना

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दुई वटा उद्योग