पूर्णबहादुरको निवासमा गगन र विश्वप्रकाश, आगामी महाधिवेशनको कार्यतालिकाबारे कुरा हुँदै « Khabarhub

पूर्णबहादुरको निवासमा गगन र विश्वप्रकाश, आगामी महाधिवेशनको कार्यतालिकाबारे कुरा हुँदै


१४ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


420
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली काङ्ग्रेसका दुईजना महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मा अहिले कार्यवाहक सभापति पूर्णबहादुर खड्काको निवासमा पुगेका छन् ।

आगामी १५ औँ महाधिवेशनको कार्यतालिका जारी केन्द्रीय कार्यसमिति बैठकबाट पारित गर्ने रणतीतिमा रहेका थापा र शर्माले कार्यवाहक सभापति खड्कालाई मनाउन उनको निवास गल्फुटारमा पुगेका हुन् ।

शुक्रबार बिहान नेता डा. शेखर कोइरालाको सम्पर्क कार्यालय विशालनगरमा छलफल गरेर महाधिवेशनको खाका तयार गरेपछि थापा र शर्मा खड्काको निवास छिरेका हुन् ।

शुक्रबार बिहान सम्पर्क कार्यालय विशालनगरमा डा. कोइरालाले आफूपक्षीय भेला गरेर नियमित महाधिवेशनको तालिका बनाएको थियो । उक्त तालिका जारी केन्द्रीय कार्यसमितिबाट सर्वसम्मत पास गराउन भन्दै महामन्त्रीद्वयले कार्यवाहक सभापति खड्कालाई भेटेर छलफल गरिरहेका छन्।

कांग्रेस उपसभापति धनराज गुरुङका अनुसार नियमित महाधिवेशनका लागि बनाइएको तालिका शुक्रबार बस्ने बैठकमा प्रस्तुत गरिनेछ।

पार्टीभित्रको गतिरोध अन्त्य गरि नियमित महाधिवेशनको कार्यतालिका ल्याउने विषयमा नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफूनिकट पदाधिकारीसँग शुक्रबार बिहान छलफल गरेका थिए ।

कोइरालाले आफ्नो सम्पर्क कार्यलय विशालनगरमा उपसभापति धनराज गुरुङ, महामन्त्रीहरू गगन थापा र विश्वप्रकाश शर्मा, सहमहामन्त्रीद्वय जीवन परियार र बद्री पाण्डेसँग बिहान छलफल गरेका थिए ।

प्रकाशित मिति : १४ कार्तिक २०८२, शुक्रबार  १२ : ०० बजे

आन्दोलनतिर मिराज नेतृत्वका जेन-जी: सुशीला कार्कीलाई बिदा गरेर सर्वपक्षीय सरकार बनाउने

काठमाडौं- जेन–जी आन्दोलनका अगुवा मिराज ढुंगानाले भदौ २३ र २४

‘अनटाइटल’ र सर्ट फिल्मलाई अडिसनबाट कलाकार खोजिँदै

काठमाडौं – एक ‘अनटाइटल’ फिल्म र सर्ट फिल्मका लागि कलाकारको

हाङ्देवामा पशुचौपायामाथि भालुको आक्रमण

ताप्लेजुङ– जिल्लाको फुङलिङ नगरपालिका-९ हाङ्देवामा भालुले पशुचौपायामाथि आक्रमण गरी क्षति

डिजिटल पहुँच विस्तार गर्दै श्रीलङ्कामा ५–जी सेवा सुरु

कोलम्बो- श्रीलङ्काले पहिलो पटक सर्वसाधारणका लागि ५–जी मोबाइल सेवाको व्यावसायिक

सीमा विवादका कारण कम्बोडियामा जनजीवन प्रभावित : १९ जनाको मृत्यु, हजारौँ विस्थापित

न्होम्पेन– कम्बोडियामा थाइल्यान्डसँगको सीमाक्षेत्र विवाद जारी रहँदा १९ जना नागरिकको