पूर्णबहादुरको निवासमा गगन र विश्वप्रकाश, आगामी महाधिवेशनको कार्यतालिकाबारे कुरा हुँदै « Khabarhub

पूर्णबहादुरको निवासमा गगन र विश्वप्रकाश, आगामी महाधिवेशनको कार्यतालिकाबारे कुरा हुँदै


१४ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


420
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली काङ्ग्रेसका दुईजना महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मा अहिले कार्यवाहक सभापति पूर्णबहादुर खड्काको निवासमा पुगेका छन् ।

आगामी १५ औँ महाधिवेशनको कार्यतालिका जारी केन्द्रीय कार्यसमिति बैठकबाट पारित गर्ने रणतीतिमा रहेका थापा र शर्माले कार्यवाहक सभापति खड्कालाई मनाउन उनको निवास गल्फुटारमा पुगेका हुन् ।

शुक्रबार बिहान नेता डा. शेखर कोइरालाको सम्पर्क कार्यालय विशालनगरमा छलफल गरेर महाधिवेशनको खाका तयार गरेपछि थापा र शर्मा खड्काको निवास छिरेका हुन् ।

शुक्रबार बिहान सम्पर्क कार्यालय विशालनगरमा डा. कोइरालाले आफूपक्षीय भेला गरेर नियमित महाधिवेशनको तालिका बनाएको थियो । उक्त तालिका जारी केन्द्रीय कार्यसमितिबाट सर्वसम्मत पास गराउन भन्दै महामन्त्रीद्वयले कार्यवाहक सभापति खड्कालाई भेटेर छलफल गरिरहेका छन्।

कांग्रेस उपसभापति धनराज गुरुङका अनुसार नियमित महाधिवेशनका लागि बनाइएको तालिका शुक्रबार बस्ने बैठकमा प्रस्तुत गरिनेछ।

पार्टीभित्रको गतिरोध अन्त्य गरि नियमित महाधिवेशनको कार्यतालिका ल्याउने विषयमा नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफूनिकट पदाधिकारीसँग शुक्रबार बिहान छलफल गरेका थिए ।

कोइरालाले आफ्नो सम्पर्क कार्यलय विशालनगरमा उपसभापति धनराज गुरुङ, महामन्त्रीहरू गगन थापा र विश्वप्रकाश शर्मा, सहमहामन्त्रीद्वय जीवन परियार र बद्री पाण्डेसँग बिहान छलफल गरेका थिए ।

प्रकाशित मिति : १४ कार्तिक २०८२, शुक्रबार  १२ : ०० बजे

गरिमा हत्या प्रकरणमा गगनको प्रश्न : सरकारले परिवारको पीडा महसुस गरेको छ ?

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले बाराको जितपुरसिमरा–१ की

देशभर करिब ९८ प्रतिशत धान रोपाइँ सकियाे, सबैभन्दा बढी सुदूरपश्चिममा

काठमाडौँ । कृषि विभागले देशभर करिब ९८ प्रतिशत धान रोपाइँ

गुल्मीमा बाँदर धपाउने क्रममा लडेर महिलाको मृत्यु

गुल्मी । बाँदर धपाउने क्रममा लडेर गुल्मीमा एक महिलाको मृत्यु

विश्वकपमा अनुशासन उल्लंघनको घटना : अर्जेन्टिनाका खेलाडी, अफिसियल तथा फुटबल संघलाई लाखौँ डलर जरिबाना

काठमाडौं । गत महिना सम्पन्न फिफा विश्वकपका दौरान देखिएको विवादास्पद

नेपाल-भारत सीमा क्षेत्रमा आधुनिक उपकरणमार्फत निगरानी बढाउने सहमति

काठमाडौं । नेपाल–भारत सीमा क्षेत्रका संवेदनशील स्थानहरूमा सीसीटीभीलगायत आधुनिक उपकरणको