दक्षिण अफ्रिकी स्टार क्रिकेटर फाफ डु प्लेसिस विराटनगर किंग्सबाट खेल्ने « Khabarhub

दक्षिण अफ्रिकी स्टार क्रिकेटर फाफ डु प्लेसिस विराटनगर किंग्सबाट खेल्ने


१४ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- दक्षिण अफ्रिकी चर्चित क्रिकेटर फाफ डु प्लेसिस नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो सिजनमा विराटनगर किंग्सबाट खेल्ने भएका छन्।

विराटनगर किंग्सले शुक्रबार सामाजिक सञ्जालमार्फत डु प्लेसिसलाई टिममा स्वागत गर्दै लेखेको छ, ‘फाफ डु प्लेसिस इज हेयर। नीड वी से मोर ?’

फाफ डुलाई विराटनगर किंग्सका खेलाडी सन्दीप लामिछानेले पनि स्वागत गरेका छन् । उनले लेखेका छन्, ‘कस–कसले ठ्याक्कै अनुमान गर्नुभयो त ? स्वागत छ फाफडुपलाई हिमालयको पर्व नेपाल प्रिमियर लिगमा !’ उनले फाफ डु प्लेसिसको आगमनप्रति खुशी व्यक्त गरेका छन्।

फाफ डु प्लेसिसको क्रिकेट करिअर

फाफ डु प्लेसिस दक्षिण अफ्रिकी राष्ट्रिय टोलीका पूर्वकप्तान हुन्। उनले टेस्ट, एकदिवसीय र टी–२० तिनै प्रारूपमा उत्कृष्ट प्रदर्शन गर्दै आफूलाई विश्व क्रिकेटका अग्रणी ब्याट्सम्यानका रूपमा स्थापित गरेका छन्।

३७ वर्षीय डु प्लेसिसले सन् २०११ मा अन्तर्राष्ट्रिय डेब्यु गरेका थिए। उनले दक्षिण अफ्रिकाका लागि ६९ टेस्ट, १४३ एकदिवसीय र ५० भन्दा बढी टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका छन्। उनले टेस्टमा १० शतक र २१ अर्धशतकसहित ४ हजार १ सयभन्दा बढी रन बनाएका छन्।

अन्तर्राष्ट्रिय क्रिकेटबाट अवकाश लिएपछि उनले विश्वभरका फ्रेन्चाइज लिगहरूमा धमाकेदार प्रदर्शन गर्दै आएका छन्।

उनले इन्डियन प्रिमियर लिग (आईपीएल) मा चेन्नई सुपर किंग्स र पछिल्लो समय रोयल च्यालेन्जर्स बैंगलोरबाट खेल्दै कप्तानीसमेत सम्हालेका थिए।

उनको अनुभव र ब्याटिङ क्षमताले नेपाल प्रिमियर लिगमा नयाँ ऊर्जा ल्याउने अपेक्षा गरिएको छ। विराटनगर किंग्सले डु प्लेसिसको आगमनले टोलीको शक्ति अझ बलियो बनेको जनाएको छ।

नेपाल प्रिमियर लिग २०२५ नजिकिँदै गर्दा डु प्लेसिसको सहभागिता नेपाली क्रिकेटका लागि ठूलो आकर्षण बन्ने देखिएको छ ।

प्रकाशित मिति : १४ कार्तिक २०८२, शुक्रबार  ५ : ३९ बजे

‘घाइते जेन-जी नेपाल’को कार्यालय उद्घाटन (तस्बिरहरू)

काठमाडौं– बबरमहलमा ‘घाइते जेन–जी नेपाल’को कार्यालय उद्घाटन गरिएको छ । 

कृत्रिम अभाव सृजना गर्नेलाई कानुनबमोजिम कारबाही

वीरगञ्ज – खाना पकाउने ग्यासमा कृत्रिम अभाव सिर्जना गर्नेलाई प्रचलित

१० जना प्राविधिक प्रहरी अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान

काठमाडौं– प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले पदोन्नति भएका १० जना प्राविधिक

विश्वप्रकाश भन्छन् : सर्वोच्चको पुनः परीक्षणले विशेष महाधिवेशनको वैधानिकता र तथ्य थप पुष्टि गर्नेछ

काठमाडौं– नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सर्वोच्च अदालतले गत पुस

काभ्रेको जनहित माविमा नयाँ भवन निर्माण सुरू, भारतको ५ करोड ५० लाख रुपैयाँ सहयोग

काठमाडौं– काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकास्थित श्री जनहित माध्यमिक विद्यालयमा नयाँ विद्यालय