‘हिडन भ्याली’ मा फसेका १५ जना पर्यटकको उद्धार « Khabarhub

‘हिडन भ्याली’ मा फसेका १५ जना पर्यटकको उद्धार


१४ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– धौलागिरि चक्रीय पदमार्गको ‘हिडन भ्याली’ मा फसेका तीन विदेशी पर्यटकसहित १५ जनाको शुक्रबार सुरक्षाकर्मीको टोलीले उद्धार गरेको छ ।
 
म्याग्दीको धवलागिरी गाउँपालिका–४ मुदीको इटाली आधार शिविर भएर मुस्ताङको घरपझोङ गाउँपालिका–२ मार्फा जाने क्रममा सोमबार रातिदेखि भएको हिमपातले पदमार्ग पुरिएपछि १२ नेपाली र तीन जना बेलायतका पर्यटकहरू फसेका थिए । 

मुस्ताङका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालले जोमसोमबाट गएका सुरक्षाकर्मी र हिडन भ्यालीबाट आएका पर्यटकहरू समुन्द्री सतहदेखि चार हजार ९०० मिटर उचाइमा रहेको बतासे डाँडामा भेटेर जोमसोम ल्याइएको जानकारी दिए ।

‘पर्यटकलाई पदयात्रामा पठाएको कम्पनीले समस्यामा परेको भन्दै उद्धारका लागि अनुरोध गरेपछि बुधबार सुरक्षाकर्मीको टोली पठाएका थियौँ’, उनले भने ‘पर्यटक, पथप्रदर्शक र पर्यटक मजदुरहरूको उद्धार गरिएको छ ।’

काठमाडौंको सेक्रेट हिमालय ट्रेड एण्ड एक्पिडिसन ट्राभल एजेन्सीमार्फत पदयात्रामा गएका बेलायतका पर्यटकले हिँड्न गाह्रो पर्ने भएकाले मङ्गलबार साँझ सम्बन्धित कम्पनीमार्फत हेलिकप्टरबाट उद्धारको व्यवस्था मिलाउन अनुरोध गरेका थिए । मेरी रेप्स, क्याथोरिन विल्सन र इमिली कोट्स नाम गरेका बेलायतका महिला पर्यटक पदयात्रामा गएका थिए । 

पथप्रर्दशकले स्याटेलाइट फोनमार्फत उद्धारको अनुरोध गरेका प्रजिअ भुसालले बताए । जोमसोमस्थित नेपाली सेनाको उच्च शिखर शिक्षालयका सेनानी प्रशान्त विष्टको नेतृत्वमा १५ जना तालिम प्राप्त सुरक्षाकर्मीलाई उद्धार कार्यमा परिचालन गरिएको उनले जानकारी दिने ।

प्रकाशित मिति : १४ कार्तिक २०८२, शुक्रबार  ६ : ४८ बजे

आजको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

झापामा पेट्रोलियम पदार्थको अभाव छैन : आयल निगम

झापा– चाडबाडका समयमा ग्यास तथा पेट्रोलियम पदार्थको कृत्रिम अभाव हुन

च्याम्पियन्स लिग : लिलमाथि आर्सनलको सहज जित

काठमाडौँ– यूईएफए च्याम्पियन्स लिग फुटबलमा आर्सनलले सहज जित निकालेको छ

सेवाग्राहीको भौतिक उपस्थिति बिना नै प्रशासनको सेवा

खोटाङ– जिल्ला प्रशासन कार्यालय खोटाङले सेवाग्राहीको भौतिक उपस्थिति बिना नै

विदेशमा जीवन, नेपालमा कलाकारिता : कलाकार जो वर्षौंपछि पर्दामा फर्किए

कुनै समय नेपाली फिल्मको पर्दामा लगातार देखिने कलाकार अहिले कहाँ