पार्टी छाडेकालाई ओलीको आह्वान- आफ्नै घर फर्किनुस्, एमालेको जग जनताको रगत र पसिनाबाट बनेको छ « Khabarhub

पार्टी छाडेकालाई ओलीको आह्वान- आफ्नै घर फर्किनुस्, एमालेको जग जनताको रगत र पसिनाबाट बनेको छ


१४ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


354
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली ले पार्टी छाडेर गएका पूर्वसहकर्मी र कार्यकर्तालाई फर्किन आह्वान गरेका छन्।

शुक्रबार साँझ सामाजिक सञ्जाल फेसबुकमार्फत सन्देश जारी गर्दै ओलीले यस्तो आह्वान गरेका हुन् । ‘जहाँ हुनुहुन्छ, फर्किनुस् आफ्नै घर फर्किनुस्। यो घर तपाईंहरूको पसिना र रगतले बनेको हो’, उनले भनेका छन्।

उनले एमालेलाई निरंकुशता हटाएर लोकतन्त्रको उज्यालो फैलाउने आन्दोलनको अगुवा संगठनका रूपमा चित्रण गर्दै पार्टीले राष्ट्रिय स्वाधीनता र जनकल्याणका कार्यक्रमको नेतृत्व गरेको दाबी गरेका छन्।

ओलीले लेखेका छन्, ‘एमाले केवल एउटा राजनीतिक संगठन होइन, यो जनताको रगत, पसिना, आँसु र आशाबाट बनेको विशाल परिवार हो। यस पार्टीको जग बसाल्न तीन पुस्ताले आफ्नो जीवनका उज्याला क्षण समर्पण गरेका छन्।’

उनले हाल देशले राष्ट्रिय स्वाधीनता र लोकतान्त्रिक संविधानमाथि चुनौतीको सामना गरिरहेको दाबी गर्दै सबैलाई एकताबद्ध हुन आग्रह गरेका छन्।

‘आज फेरि महाविनाश निम्त्याएर देशको सार्वभौम अस्तित्वमाथि चुनौती खडा गरिएको छ। यस्तो बेला हामी मौन रहन सक्दैनौं,’ ओलीले भनेका छन् ।

ओलीले राष्ट्रिय एकता, देशको स्वाभिमान र लोकतन्त्रको रक्षाका लागि सबै एमाले कार्यकर्तालाई काँधमा काँध मिलाएर अघि बढ्न आह्वान गरेका छन्।

उनले भनेका छन्, ‘फेरि हामी सबै काँधमा काँध मिलाएर अघि बढौं — देशको स्वाधीनता जोगाऔं, लोकतन्त्रको रक्षा गरौं, र जनताको जीवनमा सुख, समृद्धि र आशाको ज्योति बोलौँ।’

सन्देशको अन्त्यमा उनले पार्टीको नारा दोहोर्‍याउँदै भनेका छन्, ‘हामी एउटै परिवार हौं, हाम्रो लक्ष्य स्पष्ट छ । समृद्ध नेपाल, सुखी नेपाली । कोही अलमलमा नपर्नुस्, आउनुस् आफ्नै घरमा, हाम्रो साझा सपना साकार पार्न जुटौँ।’

प्रकाशित मिति : १४ कार्तिक २०८२, शुक्रबार  ७ : २३ बजे

गरिमा हत्या प्रकरणमा गगनको प्रश्न : सरकारले परिवारको पीडा महसुस गरेको छ ?

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले बाराको जितपुरसिमरा–१ की

देशभर करिब ९८ प्रतिशत धान रोपाइँ सकियाे, सबैभन्दा बढी सुदूरपश्चिममा

काठमाडौँ । कृषि विभागले देशभर करिब ९८ प्रतिशत धान रोपाइँ

गुल्मीमा बाँदर धपाउने क्रममा लडेर महिलाको मृत्यु

गुल्मी । बाँदर धपाउने क्रममा लडेर गुल्मीमा एक महिलाको मृत्यु

विश्वकपमा अनुशासन उल्लंघनको घटना : अर्जेन्टिनाका खेलाडी, अफिसियल तथा फुटबल संघलाई लाखौँ डलर जरिबाना

काठमाडौं । गत महिना सम्पन्न फिफा विश्वकपका दौरान देखिएको विवादास्पद

नेपाल-भारत सीमा क्षेत्रमा आधुनिक उपकरणमार्फत निगरानी बढाउने सहमति

काठमाडौं । नेपाल–भारत सीमा क्षेत्रका संवेदनशील स्थानहरूमा सीसीटीभीलगायत आधुनिक उपकरणको