बञ्चरेडाँडाका स्थानीयले भने- सहमति कार्यान्वयन नभएसम्म फोहर फाल्न दिदैनौँ « Khabarhub

बञ्चरेडाँडाका स्थानीयले भने- सहमति कार्यान्वयन नभएसम्म फोहर फाल्न दिदैनौँ


१४ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बञ्चरेडाँडा ल्याण्डफिल साइट क्षेत्रका स्थानीयले यसअघि भएको सहमति कार्यान्वयन नभएसम्म फोहर फाल्न नदिने बताएका छन् । 

शुक्रबार सहरी विकास मन्त्रालयमा भएको छलफलका क्रममा उनीहरूले आफूहरूसँग पटक–पटक सहमति गरे पनि कार्यान्वयन नभएको भन्दै फोहर फाल्न नदिने जनाएका छन् । 

उनीहरूले सहमति कार्यान्वयनका लागि काठमाडौं महानगरका प्रमुख, उपप्रमुख, शहरी विकास मन्त्रीका साथै अर्थ मन्त्रालयको प्रतिनिधिसँग वार्ता गर्ने जनाएका छन् । स्थानीयको अडानका कारण छलफल बिना निष्कर्ष सकिएको छ ।

छलफलमा शहरी विकास मन्त्रालयका सचिव गोपाल प्रसाद सिग्देलले छलफलबाट समस्याको समाधान गर्ने भन्दै फोहरका गाडीलाई अवरोध नगर्न आग्रह गरेका थिए ।

२०७९ जेठ २६ गते भएको १८ बुँदे सम्झौता कार्यान्वयन नभएको भन्दै सो क्षेत्रका स्थानीयले उपत्यकाबाट फोहोर बोकेर गएका गाडीहरू रोकेका छन् ।

सहमतिमा उल्लेख भएको फोहर विसर्जन रातको समयमा मात्र गरिने, दुर्गन्ध नआउने प्रबन्ध मिलाउने, फोहर बोकेका गाडीले लिच्चड नचुहाउने उल्लेख थियो । 

प्रकाशित मिति : १४ कार्तिक २०८२, शुक्रबार  ७ : ४० बजे

बाल्टिनको पानीमा डुबेर १८ महिनाका बालकको मृत्यु

कैलाली – कैलालीमा बाल्टिनमा डुबेर बालकको मृत्यु भएको छ ।

पशुपति क्षेत्रमा गरियो पाँचौँ हप्ताको सफाइ

काठमाडौं – आराध्यदेव भगवान् श्री पशुपतिनाथ विराजमान भएका पशुपति क्षेत्रमा

नयाँपुल-घान्द्रुक सडक अवरुद्ध, सिक्लेस तीन दिनपछि खुल्यो

कास्की – केही दिनयताको अविरल वर्षाका कारण कास्कीका दुई प्रमुख

नेपालमा तय तिब्बतसँग सम्बन्धित अन्तर्राष्ट्रिय कार्यक्रम अब अनलाइन माध्यमबाट हुने

काठमाडौं– नेपालमा आयोजना गर्न लागिएको तिब्बतसँग सम्बन्धित अन्तर्राष्ट्रिय कार्यक्रम अब