देउवा, ओली र प्रचण्डसँग भेट्न मलाई मन पनि छैन, जेनजीको अंकुश पनि छः प्रधानमन्त्री कार्की « Khabarhub

देउवा, ओली र प्रचण्डसँग भेट्न मलाई मन पनि छैन, जेनजीको अंकुश पनि छः प्रधानमन्त्री कार्की


१४ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री सुशीला कार्कीले प्रमुख तीन दलका तीन नेतृत्वलाई भेटेर कुरा गर्न आफूलाई मनै नभएको बताएकी छन्।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा विभिन्न मिडियाका सम्पादकहरुसँगको छलफलमा उनले आफूलाई तीन शीर्ष नेताहरु शेरबहादुर, केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटेर कुरा गर्ने मनै नभएको बताएकी हुन्। उनले आफूलाई मन नभएको र जेनजीले पनि अंकुश लगाएको बताइन्।

उनले तीन नेता फागुन २१ को निर्वाचनअघि नै नेतृत्व छोडेर बिदा हुँदा देशमा राजनीतिक सञ्चार हुने पनि बताइन्।

‘तीन नेतासँग भेटेर कुरा गर्न मन मलाई नै छैन। त्यसैमाथि जेनजीले अंकुश पनि लगाएका छन्,’ उनले भनिन्, ‘उहाँहरु आफैँ बहिर्गमन भएर राजनीतिको सञ्चार चलायमान बनाउन योगदान दिए हुने हो।’

उनले दलका नेताले बहिर्गमन भएर चुनावी वातावरण तयार पारिदिन पनि आग्रह गरिन्।
आफूले तीन नेतालाई भेट्न नचाहेको तर उनीहरुले आफूलाई भेट्न चाहे बालुवाटारले सँधै स्वागत गर्ने पनि सुनाइन्।

प्रकाशित मिति : १४ कार्तिक २०८२, शुक्रबार  ९ : ३९ बजे

सुनसरीमा गोली लागेर एक जनाको मृत्यु

काठमाडौं – सुनसरीमा गोली लागेर एक जनाको मृत्यु भएको छ।

बीपी राजमार्ग : रोशीखोला बगरैबगरको यात्रा (तस्बिरहरू)

काभ्रे– गत वर्षको असोज दोश्रो साता आएको बाढीपहिरोले क्षतिग्रस्त बीपी

सन् २०२५ : ‘ऊनको स्वीटर’ र दुर्गेशका गीतको वर्चस्व

काठमाडौं – सन् २०२५ बुधबार रातिबाट बिदा भएकाे छ ।

डलर सटहीको प्रलोभन देखाएर ठगी गर्ने हिरोहमा संलग्न चार जना पक्राउ

काठमाडौं – सिन्धुपाल्चोक प्रहरीले सस्तो दरमा डलर सटही गरिदिने भन्दै

भरुवा बन्दुकसहित पाँच जना पक्राउ

सुर्खेत– जाजरकोट प्रहरीले भरुवा बन्दुकसहित पाँच जनालाई पक्राउ गरेको छ