जेनजीले कुरा बुझ्न थाले म खुसी छुः प्रधानमन्त्री कार्की | Khabarhub Khabarhub

जेनजीले कुरा बुझ्न थाले म खुसी छुः प्रधानमन्त्री कार्की


१४ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


363
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रधानमन्त्री सुशीला कार्कीले जेनजीहरूको बुझाइमा आकाश-जमिन परिवर्तन आएको बताएकी छिन्।

उनले सुरुमा अनेक माग लिएर आउने गरेकोमा अहिले भने जेनजीहरू संविधान, व्यवस्थाको कुरा गर्दै चुनावमा जानुपर्छ भन्ने विन्दुमा आइपुगेको सम्पादकहरुसँगको आजको छलफलमा जानकारी दिइन्।

बालुवाटारमा सम्पादकसँग प्रधानमन्त्री कार्कीले जेनजीहरूको बुझाइ बदलिएकोमा खुशी व्यक्त गरिन्।

उनले भनिन्,‘डे वानका जेनजी र आजका जेनजीबीच आकाश जमिनको फरक छ, अहिलेले हामीले भन्दा राम्ररी कानुनका कुरा गर्ने भएका छन्। बुझाई कति राम्रो भएको छ। अस्ती २०,२१ वटा ग्रुपसँग कुरा भयो। उहाँहरूका कुरा देख्दा त रामचन्द्र पौडेल, शेरबहादुर देउवा युवा हुँदाका जस्ताको पनि देखेँ।’

प्रकाशित मिति : १४ कार्तिक २०८२, शुक्रबार  १० : ५१ बजे

माओवादी बैठक : चार पेज लामो फरकमत राखेर बाहिरिए जनार्दन

काठमाडौं – नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्मा पार्टीमा चार

खेलकुदमन्त्री गुप्ता पुगे टीयु क्रिकेट मैदान (तस्बिरहरू)

काठमाडौं– युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले आज किर्तिपुरस्थित टीयु

काभा यू-१९ महिला भलिबल टोलीको बिदाइ

 काठमाडौं– काभा यु–१९ च्याम्पियनसिपका लागि श्रीलंका जाने नेपाली राष्ट्रिय महिला

एमालेको एघारौँ महाधिवेशनमा २१०० महाधिवेशन प्रतिनिधि हुने

काठमाडौं – नेकपा एमालेको ११औ महाधिवेशनमा २१०० जना महाधिवेशन प्रतिनिधि

पूर्वमन्त्री आलमको ‘आईसीयू’मा उपचार हुँदै

काठमाडौं– नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद आफ्ताब आलमको स्वास्थ्यमा