११ दिनदेखि बेपत्ता सुनार मृत भेटिए « Khabarhub

११ दिनदेखि बेपत्ता सुनार मृत भेटिए


१४ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

हुम्ला– हुम्लाको सिमकोट गाउँपालिका–३ बरगाउँका ५३ वर्षीय पर्वसिंह सुनार मृत अवस्थामा भेटिएका छन्।

एघार दिनदेखि बेपत्ता भएका पर्वसिंह शुक्रबार सिमकोट–३ बरगाउँस्थित बाख्रा चाल्न भन्ने ठाउँमा मृत अवस्थामा भेटिएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

पर्वसिंह यही कात्तिक ३ गते बिहान घरबाट सदरमुकाम सिमकोटका लागि हिँडेका उनका आफन्त धनवीर सुनारले बताए।

’घरका लागि बिजुलीको मिटरबक्स किन्न सदरमुकाम जानुभएको थियो। प्रहरी र स्थानीयसँगको सहकार्यमा खोजी गर्दा आज बरगाउँको लबली डाँडाभन्दा केही तल शव फेला परेको हो,’ उनले भने।

पर्वसिंहको कात्तिक ७ गतेदेखि नियमित खोजी भइरहेकामा शुक्रबार शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शंकर पोखरेलले जानकारी दिए।

’लामो समयसम्म पर्वसिंह घर नफर्किएपछि परिवारले जिल्ला प्रहरी कार्यालयमा खोजीका लागि निवेदन दिएका थिए। निवेदन दिए लगत्तै प्रहरी प्रशासनले परिवारको समन्वयमा खोजी गरेको हो,’ उनले भने।

पर्वसिंहको शव भेटिएको भन्ने जानकारी आए लगत्तै प्रहरी निरीक्षक विष्णु श्रेष्ठ नेतृत्वको टोली घटनास्थलतर्फ गएको प्रहरी नायब उपरीक्षक पोखरेलले बताए।

पर्वसिंहको शव परीक्षणका लागि सदरमुकाम सिमकोट ल्याइने प्रहरीले जनाएको छ।

प्रकाशित मिति : १४ कार्तिक २०८२, शुक्रबार  ११ : १७ बजे

जनकपुरधाममा ई-रिक्सा व्यवस्थापन लागि अध्ययन समिति गठन

जनकपुरधाम–  जनकपुरधाम उपमहानगरपालिकाभित्र चल्ने ई–रिक्साको व्यवस्थापन, सञ्चालन तथा दर्ताको विषयमा

सत्र वर्षमा ४७ लाख बढीले गरे नारायणहिटी सङ्ग्रहालय अवलोकन

काठमाडौं– शाहवंशीय राजतन्त्रको अन्त्यसँगै नारायणहिटी राजदरबार १७ वर्षअघि सङ्ग्रहालयमा परिणत

सुधनले लगाइदिए कुमार बेनको घरमा ताला, कुरा नमिलेसम्म रवि र बालेनलाई जान नदिने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका

महावै गाउँपालिका जोड्ने सडक स्तरोन्नति गरिँदै

कालीकोट– कालीकोटको महावै गाउँपालिकाको केन्द्र जोड्ने सडक स्तरोन्नति गरिने भएको

मादी नदीमाथि निर्माणाधीन पुलमा पहुँच सडक निर्माण सुरु

दमौली– मुग्लिन–पोखरा सडकखण्ड अन्तर्गत तनहुँको व्यास नगरपालिका–४ र ५ जोड्ने