माओवादी सचिवालय बैठक बस्दै, एकीकृत समाजवादीसँग एकताबारे छलफल गर्ने  « Khabarhub

माओवादी सचिवालय बैठक बस्दै, एकीकृत समाजवादीसँग एकताबारे छलफल गर्ने 


१५ कार्तिक २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा माओवादी केन्द्रको महाधिवेशन आयोजक समितिको सचिवालय बैठक बस्दैछ । बैठक केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो ३ बजेका लागि बोलाइएको छ ।

नेकपा एकीकृत समाजवादी, नेपाल समाजवादीलगायत पार्टीसँग एकताबारे निर्णय लिन सचिवालय बैठक बस्न लागेको माओवादीले जनाएको छ ।

बैठकमा पार्टीहरूबीचकाे एकता, पदको व्यवस्थापनलगायत विषयमा छलफल हुने बताइएको छ ।

माधव कुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीको केन्द्रीय समिति बैठकले शुक्रबार माओवादीसँग एकता गर्ने निर्णय गरेपछि माओवादीले सचिवालय बैठक बोलाएको हो । 

प्रकाशित मिति : १५ कार्तिक २०८२, शनिबार  ८ : ३९ बजे

प्याङ्क्रियाजको सास्ती : न उठी सुख, न बसी सुख

गत मंसिरमा विवाह गरेर घरमा भित्र्याउन नपाउँदै एउटी युवतीको मृत्यु

मनोनित हुने अवसर एकजनालाई एक पटक मात्र दिनुपर्छ : नेता अधिकारी

काठमाडौं – नेकपा एमालेका नेता काशीनथ अधिकारीले समानुपातिकतर्फ एकपटक सांसद

अलैँचीको निर्यात ६० प्रतिशतले बढ्यो

झापा – चालु आर्थिक वर्ष २०८२/०८३ को मङ्सिर मसान्तसम्ममा अलैँचीको

राजनीतिमा नयाँ र पुराना हैन, एजेण्डाको अर्थ हुन्छ : महासचिव पोखरेल

काठमाडौं – नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले राजनीतिमा नयाँ र

काठमाडौंका यी स्थानमा काटिदैछ शनिबार बिजुली

काठमाडौं- नेपाल विद्युत् प्राधिकरणले आज राजधानी काठमाडौंका विभिन्न स्थानमा बिजुली