आईसीसी विश्वकप क्रिकेट लिग–२ : आज नेपाल र अमेरिका खेल्ने « Khabarhub

आईसीसी विश्वकप क्रिकेट लिग–२ : आज नेपाल र अमेरिका खेल्ने


१५ कार्तिक २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय युएई शृङ्खलामा आज नेपाल र अमेरिकाबीच प्रतिस्पर्धा हुँदैछ ।

खेल युएईको दुबई इन्टरनेशनल क्रिकेट मैदानमा नेपाली समयअनुसार बिहान सवा ११ बजे सुरु हुनेछ । 

जारी शृङ्खलामा नेपालले लगातार दोस्रो हार बेहोरेको छ । पहिलो खेलमा अमेरिकासँग १०६ रनले हारेको नेपाल दोस्रो खेलमा युएईसँग ५ विकेटले पराजित भएको थियो ।

आजको खेलमा नेपाललाई अमेरिकासँग पहिलो खेलमा बेहोरेको हारको बदला लिने अवसर रहेको छ ।

लिगमा २२ खेल खेलेको अमेरिका ३२ अङ्कका साथ शीर्षस्थानमा रहेको छ भने १८ खेल खेलेको नेपाल १२ अंकसहित सातौँ स्थानमा छ । यस्तै, १८ खेलबाट ८ अङ्क जोडेको युएई अन्तिममा छ ।

नेपालले शृङ्खलाको अन्तिम खेल आगामी बुधबार युएईसँग खेल्नेछ ।

प्रकाशित मिति : १५ कार्तिक २०८२, शनिबार  ८ : ५३ बजे

जितिया पर्वको निराहार व्रत समापन

जनकपुर– सन्तानको दीर्घायु, सुस्वास्थ्य र समृद्धिको कामनासहित महिलाले मनाउने जितिया

तनहुँका दुई हजार पाँचसय बढी किशोरीलाई एचपीभी खोप

तनहुँ– तनहुँका दुई हजार ५४८ किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध एचपिभी

पर्वतमा बाढीपहिरोबाट तीन सय परिवार विस्थापित

पर्वत– पर्वतमा बाढीपहिरोबाट तीनसय परिवार विस्थापित भएका छन् । जिल्लाभर

देउवाबाट गगनको निम्तो अस्वीकार, महाधिवेशनमा नजाने

काठमाडौँ– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा संस्थापन पक्षको आजबाट सुरु

कांग्रेसको महाधिवेशनस्थल खुलामञ्च (तस्बिर)

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशन आजदेखि काठमाडौँको खुलामञ्चमा सुरु