चाँगुनारायणमा भक्तजनहरूको घुइँचो | Khabarhub Khabarhub

हरिबोधनी एकादशी

चाँगुनारायणमा भक्तजनहरूको घुइँचो


१५ कार्तिक २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रत्येक वर्ष हरिबोधनी एकादशीका दिन लाग्ने मेला भर्न भक्तपुरमा रहेको चाँगुनारायण मन्दिरमा भक्तजनहरूको घुइँचो लागेको छ । 

काठमाडौं- ललितपुर, काभ्रे र भक्तपुर लगायतका जिल्लाबाट भक्तजनहरू चाँगुनारायण पुगेका छन् । उपत्यकाका चार नारायणमा चाँगुनारायण, इचङ्गु नारायण, शेष नारायण र विशङ्खु नारायण मानिन्छन् । चाँगुनारायण भने जेठो नारायणका रुपमा पुजिने भएकाले यस दिन मेला भर्न दर्शनार्थीको घुइँचो लाग्छ ।

लिच्छवी राजा मानदेवका पालामा बनेको उक्त मन्दिर भक्तपुरबाट उत्तरतर्फ ४ किमिको दूरीमा छ । चाँगुनारायणको पूजा गरेमा साक्षात् नारायण प्रसन्न भई पारिवारिक सुख, शान्ति भएर मनोकाङ्क्षा पूरा हुने जनविश्वास रहेको छ ।

प्रकाशित मिति : १५ कार्तिक २०८२, शनिबार  ४ : १८ बजे

अनलाइन सञ्चार माध्यमको सूचीकरण प्रेस काउन्सिलले नगर्ने

काठमाडौं- प्रेस काउन्सिल नेपालले अबदेखि अनलाइन सञ्चार माध्यमको सूचीकरण नगर्ने

हिमाली क्षेत्रका पर्यटक महँगीको मारमा, एक लिटर तातोपानीको मूल्य पाँच सय !

काठमाडौं- विकसित मौसमी प्रणालीको असरले नेपालको उच्च पहाडी र हिमाली

सरकारलाई सर्वोच्चको आदेश : राजदूत फिर्ताको निर्णय कार्यान्वयन नगर्नू

काठमाडौं- सर्वोच्च अदालतले विभिन्न ११ मुलुकमा रहेका नेपाली राजदूतहरूलाई फिर्ता

फेवातालमा डुङ्गा पल्टिएर डुबेका तीन जनाको सकुशल उद्धार

काठमाडौं– कास्की जिल्लाको पोखरा महानगरपालिका–६ लेकसाइडस्थित फेवातालमा डुङ्गा पल्टिएर डुबेका

युक्रेनमा रहेका उत्तर कोरियाली युद्धबन्दीद्वारा दक्षिण कोरियामा बस्न अनुमति माग

सियोल- युक्रेनमा युद्धकै क्रममा बन्दी बनाइएका दुई उत्तर कोरियाली सैनिकले