एनआरएनएको निर्वाचनमा उम्मेदवारी शुल्क १ लाखदेखि १० लाखसम्म « Khabarhub

एनआरएनएको निर्वाचनमा उम्मेदवारी शुल्क १ लाखदेखि १० लाखसम्म


२९ आश्विन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गैरआवासीय नेपाली संघ (एनआरएनए)को निर्वाचनमा सम्भवतः नेपालकै सबभन्दा बढी उम्मेद्वारी दर्ता शुल्क तोकिएको छ ।

संघको आज हुने निर्वाचनमा उम्मेद्वारी दर्ता शुल्क रु एक लाखदेखि १० लाखसम्म तोकिएको संघका प्रमुख निर्वाचन आयुक्त शिव रिजालले जानकारी दिए ।

गत महाधिवेशनमा अध्यक्षको उम्मेदवारको दर्ता शुल्क रु सात लाख ५० हजार रहेको थियो । गत महाधिवेशनभन्दा यसवर्ष रु दुई लाख ५० हजार बढाएर रु १० लाख पु¥याइएको हो । अध्यक्षको दर्ता शुल्क रु १० लाख तोकिएको छ भने अन्तर्राष्ट्रिय समन्वय समिति (आईसीसी सदस्य) को रु एक लाख तोकिएको छ । उनले संघको भवन बनाउन र गोरखाको लाप्राक नमूना बस्ती बनाउन पैसा आवश्यक भएकाले उम्मेदवारको शुल्क बढाइएको बताए ।

निर्वाचन प्रमुख आयुक्त रिजालका अनुसार उपाध्यक्षको रु सात लाख, महासचिवको रु छ लाख, सचिव र कोषाध्यक्षको रु पाँच लाख, सहकोषाध्यक्षको रु चार लाख, महिला तथा युवा संयोजकको रु तीन लाख ५० हजार, क्षेत्रीय संयोजकको रु तीन लाख ५० हजार, क्षेत्रीय उपसंयोजकको रु दुई लाख ५० हजार, क्षेत्रीय महिला तथा युवा संयोजकको रु दुई लाख ५० हजार र आईसीसी सदस्यहरुको रु एक लाख उम्मेदवार दर्ता शुल्क तोकिएको छ ।

संघको नवौँ नेपाली विश्व सम्मेलन तथा अन्तरराष्ट्रिय महाधिवेशन मंगलबारदेखि काठमाडौँमा शुरु भएको हो । ‘म, मेरो एनआरएन र मेरो नेपाल’ भन्ने मूल नाराका साथ शुरु भएको सम्मेलनको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी थिइन् ।

तीन दिनसम्म चल्ने सम्मेलनमा ८१ मुलुकका करीब दुई हजार ५०० प्रतिनिधि सहभागी छन् । नयाँ नेतृत्वका लागि कुमार पन्त र कुल आचार्यबीच प्रतिस्पर्धा हुँदैछ । संघको नयाँ नेतृत्वका लागि प्रत्येक दुई÷दुई वर्षमा निर्वाचन हुने गर्दछ ।

कूल ४२ पदका लागि दिउँसो ३ बजेदेखि साँझ ८ बजेसम्म हुने निर्वाचनमा विद्युतीय यन्त्रबाट मतदान हुनेछ । निर्वाचनका लागि बुधबार बिहान १०ः३० बजेसम्म उम्मेद्वार मनोनयनको समय तोकिएको छ । उनले निर्वाचनमा करीब २ हजार ४०० मतदाता सहभागी हुने जानकारी दिए ।

प्रकाशित मिति : २९ आश्विन २०७६, बुधबार  ५ : ४७ बजे

समानुपातिकतर्फ नेकपाले दियो युवा नेताहरू र जेन-जीलाई अवसर

काठमाडौं- पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले फागुन

नयाँ पुस्तालाई अवसर दिनुपर्छ भन्ने एमालेले व्यवहारमै देखायो : उपप्रमुख डंगोल 

काठमाडौं– काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले राष्ट्रको अस्तित्वलाई बचाउने हो

चीनद्वारा नयाँ उपग्रह प्रक्षेपण

एजेन्सी– चीनले मंगलबार उत्तरपश्चिम चीनको जिउक्वान उपग्रह प्रक्षेपण केन्द्रबाट सफलतापूर्वक

यी हुन् कांग्रेसबाट समानुपातिकमा समावेश ११० उम्मेदवार (सूचीसहित)

काठमाडौं– नेपाली कांग्रेसले फागुन २१ गते हुन लागेको प्रतिनिधिसभाको निर्वाचनका लागि

ठूला र पुराना लोकतान्त्रिक शक्तिले नै देशको नेतृत्व गर्ने हो : ओली

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आगामी