महिला टी-२० क्रिकेटको उद्घाटन खेलमा काठमाडौं क्विन्स र चितवन राइनोज भिड्दै « Khabarhub

महिला टी-२० क्रिकेटको उद्घाटन खेलमा काठमाडौं क्विन्स र चितवन राइनोज भिड्दै


२९ आश्विन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालमा पहिलो पटक हुन लागेको महिला टि–२० च्याम्पियन्स लिग (डब्लुसीएल) क्रिकेट आजबाट शुरु हुँदैछ ।

प्रतियोगिता अन्तर्गत उद्घाटन खेलमा काठमाडौं क्विन्स र चितवन राइनोजबीच प्रतिस्पर्धा हुनेछ । क्विन्स इभेन्ट्स म्यानेजमेन्टले आयोजना गरेको महिला क्रिकेटका खेल कीर्तिपुर क्रिकेट मैदानमा हुनेछन् ।

बिहान साढे ११ बजेबाट शुरु हुने खेलको उद्घाटन राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेश सिलवालले गर्नेछन् । प्रतियोगिताको विजेताले सात लाख र उपविजेताले तीन लाख रुपैयाँ पाउने सार्वजनिक भइसकेको छ । यस्तै ब्यक्तिगत विधातर्फ प्रतियोगिताको उत्कृष्ट महिला खेलाडीले ५० हजार र एक थान टिभिएस स्कुटर पाउनेछन ।

यस्तै बेष्ट बलर र बेष्ट ब्याटरले २५–२५ हजार रुपैयाँ तथा ओमन अफ दि म्याचले पाँच हजार रुपैयाँ हात पार्ने छन् ।

कार्तिक सात गतेसम्म चल्ने प्रतियोगिताको दोस्रो खेलमा क्याट क्विन्स र पोखरा पल्टन भिड्नेछन् ।

प्रतियोगितामा सहभागिता जनाउने टिममा ललितपुर फाल्कोन्स, पोखरा पल्टन, क्यापिटल्स रोयल्स काठमाडौं, चितवन राइनोज र विराटनगर टाइटन्स रहेका छन् ।

लिग चरणको उद्घाटन हुने दिन बाहेक अन्य दिन २–२ वटा खेल हुनेछन् । (डब्लुसीएल) टी–ट्वेन्टी क्रिकेट प्रतियोगिताको ट्रफी मंगलबार सार्वजनिक गरिएको थियो ।

प्रकाशित मिति : २९ आश्विन २०७६, बुधबार  ७ : ०७ बजे

उपभोक्ताको रोजाइमा कर्णालीको स्याउ

बाँके– भारतीय सीमावर्ती सहर नेपालगञ्जमा यतिबेला कर्णालीको स्याउले भारतीय स्याउलाई

म्याग्दीको घुमाउने ताल–मौवाफाँट सडक कालोपत्र

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिकाको केन्द्र मौवाफाँट जोड्ने घुमाउने ताल–मौवाफाँट सडक

ओखलढुंगाको चार्खुमा आगलागी हुँदा दुई घर जलेर नष्ट, २६ लाख बराबरको क्षति

ओखलढुङ्गा– ओखलढुंगाको सिद्धिचरण नगरपालिका–४ चार्खुमा मङ्गलबार साँझ विद्युत् चुहावट (सर्ट)

विधायन व्यवस्थापनसहित दुईवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेको दुईवटा समितिको बैठक बस्दैछ ।

दुई वर्षमा सक्नुपर्ने सडक १० वर्षमा पनि उस्तै

बागलुङ– कुनै सडक कालोपत्र गर्न कति वर्ष लाग्ला ?  सहजै