८०३ केजीको फर्सी फलाउने दम्पत्तीले पाए २ लाख ५० हजार इनाम « Khabarhub

८०३ केजीको फर्सी फलाउने दम्पत्तीले पाए २ लाख ५० हजार इनाम


२९ आश्विन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

तपाईले कति ठूलो फर्सी देख्नु भएको छ ? सायद ५ किलो वा १० किलोको हुन सक्ला ।

औसतमा फर्सिको वजन ५ देखि १० किलोसम्म हुने गर्छ । तर क्यानडाको ब्रुस काउन्टिस्थित पोर्ट एल्गिन गाउँमा ८ सय किलो भन्दा बढी तौलको फर्सी प्रर्दशनीका लागि राखिएको थियो ।

क्यानडाको पोर्ट एल्गिन गाउँमा हरेक वर्ष फर्सी प्रतियोगिता हुने गर्दछ । हालै भएको उक्त प्रतियोगितामा क्यानडाको ओन्टारियोस्थित क्यामेरोनका बान्सिदा जेन र फिल हन्ट दम्पत्तिले ८ सय ३ किलोको फर्सी प्रर्दशनीमा ल्याएका थिए ।

प्रदर्शनीमा राखिएका चिजहरुमध्य सबैभन्दा ठूलो आकारको फर्सीलाई विजेता गरिएको थियो । फर्सी फलाउने ती दम्पत्ति पुरस्कृत भएका थिए ।

सबैभन्दा ठूलो फर्सीको उपाधि जित्दै हन्ट दम्पत्तिले २ लाख ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका थिए ।

उक्त प्रतियोगितामा अरु प्रजातीका तरकारी तथा फलफूलको समेत प्रतिस्पर्धा भएको थियो ।

जसमा ५७ केजीको खरबुजा, १२७ इन्च लम्बाईको लौका, २१ केजी बन्दागोबी, साढे २ केजीको टमाटर, २ सय ३९ इन्च लम्बाईको मकैको बोट, १०६ केजीको कुभिण्डो, ८ केजीको काँक्रोका साथै आधा केजीको खोसार्नी लगायतले पुरस्कार जितेका थिए ।

प्रकाशित मिति : २९ आश्विन २०७६, बुधबार  ८ : ३० बजे

बूढीगण्डकी बाढीका कारण अवरुद्ध सडक पाँच दिनपछि खुल्यो

गोरखा – बूढीगण्डकी बाढीका कारण अवरुद्ध रहेको बाटो आंशिक रूपमा

मुगुमा अन्तरजातीय विवाह गर्ने दुई जोडीलाई दुई लाख प्रोत्साहन

मुगु – छाँयानाथ रारा नगरपालिकाले जातीय विभेद् अन्त्य गर्दै सामाजिक

दाङमा दुई वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दाङ – आज साँझ यहाँ दुई वटा मोटरसाइकल एकापसमा ठोक्किँदा

नारायणीमा बेपत्ता आमा छोराको खोजी जारी

चितवन – चितवनको भरतपुर महानगरपालिका–१ स्थित पशुपति मन्दिर पछाडि नारायणी

मुलुकको विकासका लागि सबै राजनीतिक शक्ति एक हुनुपर्छ : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक अध्यक्ष पुष्पकमल