झापा गोल्डकप उद्घाटन खेलमा नेपाल पुलिस र चर्च ब्वाइज भिड्ने « Khabarhub

झापा गोल्डकप उद्घाटन खेलमा नेपाल पुलिस र चर्च ब्वाइज भिड्ने


१७ कार्तिक २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – झापा महिला गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिता आज(सोमबार)देखि सुरु हुँदैछ । कात्तिक १५ देखि नै सुरु हुने भनिएको प्रतियोगिता वर्षाका कारण दुई दिन पछि सारिएको हो ।

झापाको शिवसताक्षीस्थित दुधे रंगशालामा दिउँसो हुने उद्घाटन खेलमा विभागीय टोली नेपाल पुलिस क्लब र चर्च ब्वाइज युनाइटेडबीच प्रतिस्पर्धा हुँदैछ ।

कात्तिक २४ गतेसम्म हुने प्रतियोगितामा एपीएफ, नेपाल पुलिस क्बल, चर्च ब्वाइज युनाइटेड, त्रिभुवन आर्मी, संकटा, झापा, आरएस पोखरा र सिक्किमको सिग्लिङ स्पोर्टिङ क्लब गरी आठ टोली सहभागी छन् ।

प्रतियोगिताको विजेताले १० लाख १० हजार रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार पाउने छ ।

प्रतियोगितामा सवोत्कृष्ट हुने खेलाडीलाई १ लाख ५० हजार रुपैयाँ प्रदान गरिने आयोजक झापा महिला गोल्डकपका अध्यक्ष सन्तोष थोप्राले जानकारी दिए ।

यसैगरी, उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, स्ट्राइकर, उदीयमान खेलाडी, प्रशिक्षक र धेरै गोलकर्ताले समान २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने छन् ।

आगामी खेलहरू–
कात्तिक १८ : नेपाल एपीएफ क्लब र भारतको सिंग्लिङ स्पोर्टिङ क्लब
कात्तिक १९ : संकटा फुटबल क्लब र झापा फुटबल क्लब
कात्तिक २० : त्रिभुवन आर्मी क्लब र आरएस पोखरा क्लब
कात्तिक २१ : पहिलो सेमिफाइनल
कात्तिक २२ : दोस्रो सेमिफाइनल
कात्तिक २४ : फाइनल खेल

प्रकाशित मिति : १७ कार्तिक २०८२, सोमबार  ८ : ५१ बजे

कांग्रेस महाधिवेशनमा ३० स्वास्थ्यकर्मी सहितको हेल्थ डेस्क, दुई एम्बुलेन्स मैदानमै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा ३० जना स्वास्थ्यकर्मीसहितको हेल्थ डेस्क

कृषि उद्यशिलताका लागि वैदेशिक रोजगारीबाट फर्केका युवालाई उच्च प्राथमिकता

काठमाडौँ– उर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिँचाइ विभागले

काठमाडौँ महानगरले अब हुलाकबाट चिठ्ठी पठाउने, गोश्वारा हुलाकसँग सम्झौता

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले विभिन्न निकायसँग हुने पत्र व्यवहारलाई हुलाक मार्फत

अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही सडक

झापा– पूर्वी नेपालको प्रमुख व्यापारिक मार्गलाई अन्तर्राष्ट्रिय सडक सञ्जालसँग जोड्ने

संसदमा नयाँ भवन ऐन दर्ता : विपन्न नागरिकलाई ७५ हजारसम्म आवास अनुदान प्रस्ताव

काठमाडौँ– पूर्वाधार विकास मन्त्रालयले गरिब तथा विपन्न नागरिकको आवास सुनिश्चित