'निर्वाचनमय वातावरण बनाउन सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण हुन्छ'  | Khabarhub Khabarhub

‘निर्वाचनमय वातावरण बनाउन सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण हुन्छ’ 

१७ कार्तिक २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट

24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले मुलुकमा निर्वाचनमय वातावरण बनाउन सञ्चारमाध्यमको महत्त्वपूर्ण भूमिका हुने बताएका छन् ।

आयोगको कार्यालयमा आज राष्ट्रिय समाचार समिति (रासस) को व्यवस्थापन र राससकर्मीसँग आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा सदस्यको निर्वाचनका सन्दर्भमा छलफल गर्दै कार्यवाहक प्रमुख आयुक्त भण्डारीले विकट क्षेत्रका हरेक पेसाका नागरिकसम्मलाई सही सूचना दिएर निर्वाचनको महत्त्व र आवश्यकताबारे प्रचारप्रसार गर्न आग्रह गरे ।

‘मुलुकमा निष्ठापूर्वक निर्वाचन सम्पन्न हुने वातावरण सृजना गर्न र त्यसरूपमा निर्वाचन भएको सन्देश देश विदेशमा फैलाउन राससजस्ता समाचार समितिको अझ बढी भूमिका रहन्छ । त्यस काममा विगतमा झैँ रासस अग्रसर हुने विश्वास आयोगले लिएको छ’, कार्यवाहक प्रमुख आयुक्त भण्डारीले भने, ‘अहिलेको निर्वाचन विशेष परिस्थितिको निर्वाचन भएकाले यस पक्षलाई मनन् गरेर निर्वाचन तयारी, सुरक्षा, मतदाता शिक्षालगायत विषयमा सही समाचार दिन उत्तिकै आवश्यक छ ।’

निर्वाचन आयुक्तहरू डा जानकीकुमारी तुलाधर, सगुनशमशेर जबरा, आयोगका सचिव माहादेव पन्थसहित सहभागी छलफलमा निर्वाचनलाई स्वच्छ, निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गराउने सन्दर्भमा आयोग र राससबीचको सहकार्य बढाउने विषयमा छलफल भएको थियो । सो अवसरमा राससका महाप्रबन्धक सन्दीप राईले लोकतन्त्रको प्राणका रूपमा रहेको निर्वाचनको वातावरण बनाउन राससले आफ्नो ठाउँबाट निरन्तर भूमिका निर्वाह गर्दै आएको बताए। 

छलफलमा आयोगका सहसचिवहरू नारायणप्रसाद भट्टराई, यज्ञप्रसाद भट्टराई, राजेन्द्र केसी, राससका लेखाशाखा प्रमुख रुद्रमणि अधिकारी, प्रमुख समाचारदाता नारायणप्रसाद न्यौपाने, वरिष्ठ समाचारदाता प्रकाश सिलवाललगायत सहभागी थिए ।
 
निर्वाचनमय वातावरण बनाउन सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण हुन्छ 

प्रकाशित मिति : १७ कार्तिक २०८२, सोमबार  १ : ३५ बजे

६१ किलो सुन प्रकरणमा जीवन चलाउनेविरुद्ध दुई अर्बको सम्पत्ति शुद्धीकरण मुद्दा दायर

काठमाडौं- ६१ किलो सुन तस्करी प्रकरणमा संलग्न जीवन चलाउनेविरुद्ध काठमाडौं

रोल्वालिङ क्षेत्रमा हिमपहिरोः ज्यान गुमाउनेको संख्या सात पुग्यो (अपडेट)

काठमाडौं – दोलखाको गौरीशङ्कर गाउँपालिका–९ अन्तर्गत रहेको गौरीशङ्कर र रोल्वालिङ

यी हुन् जेनजी आन्दोलनका सहिद (नामावलीसहित)

काठमाडाैं । सरकारले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका ४५ जनालाई

११ राजदूत २० गतेभित्र मन्त्रालयमा हाजिर हुन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं- वर्तमान सुशीला कार्की नेतृत्वको सरकारले यसअघि फिर्ता बोलाएका राजदूतलाई

मह उत्पादनको सिजनमै सरकारले १६५ टन आयात खुलायो, निर्णय फिर्ता लिन किसानको माग

चितवन- आयातित महलाई प्रमुख स्थान दिइ गरिएको निर्णय पुनर्विचार गर्न