नेप्से परिसूचकमा आठ अंकको गिरावट « Khabarhub

नेप्से परिसूचकमा आठ अंकको गिरावट


१७ कार्तिक २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अंकको गिरावट देखिएको छ । आज नेप्से परिसूचक आठ दशमलव २४ अंकले घटेर दुई हजार ६२२ दशमलव ८९ को विन्दुमा कायम भएको हो ।
     
आज ३३३ कम्पनीको एक करोड २१ लाख ८५ हजार ३८८ कित्ता शेयर ५४ हजार ८९२ पटक खरिदबिक्री हुँदा रु छ अर्ब पाँच करोड २२ लाख २६ हजार ९०३ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
    
आजको कारोबारमा विकास बैंक समूह एक दशमलव ११, होटल तथा पर्यटन शून्य दशमलव ०१, उत्पादन तथा प्रशोधन शून्य दशमलव २५, म्युचुअल फन्ड शून्य दशमलव २९, व्यापार शून्य दशमलव ९३ र अन्य समूह शून्य दशमलव ४२ प्रतिशतले बढेको छभने अरु सबै समूहको उपसूचक घटेको छ । 

बैंकिङ शून्य दशमलव २२, वित्त शून्य दशमलव १२, जलविद्युत् एक दशमलव ०५, लगानी शून्य दशमलव ७०, जीवन बीमा एक दशमलव ०५, लघुवित्त शून्य दशमलव ६३ र निर्जीवन बीमा शून्य दशमलव ०१ प्रतिशतले घटेको छ ।
     
मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको शेयर मूल्य आज सबैभन्दा धेरै नौ दशमलव ९९ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै घट्नेमा भने इस्टर्न हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।
     
कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै शिवम् सिमेन्ट लिमिटेडको ३७ करोड ६८ लाख २४ हजार ४९४ बराबरको छ लाख १९ हजार ११४ कित्ता शेयर कारोबार भएको छ ।
 

प्रकाशित मिति : १७ कार्तिक २०८२, सोमबार  ३ : ३८ बजे

गगनलाई पूर्णबहादुरको चुनौती : कुनै नेताको आवेगले कसैको क्रियाशील सदस्यता खारेज गर्न सक्दैन

काठमाडौं- नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीभित्र देखिएको

सम्पत्तिबारे शंका गरिएपछि गृहमन्त्रीले भने : गरिब जन्मिनु गल्ती होइन, गरिब नै भएर मर्नुचाहिँ गल्ती हो

काठमाडौं- गृहमन्त्री सुधन गुरूङले आफूहरूको सम्पत्ति विवरणबारे चित्त नबुझाउनेहरूलाई कडा

भक्तपुरमा जिब्रो छेड्ने जात्राको व्रत सुरु

भक्तपुर– भक्तपुरमा आठ रात नौ दिनसम्म चल्ने बिस्केट जात्राका अवसरमा

दुर्घटना न्यूनीकरण गर्न सचेतना अभियान

काठमाडौं– राजधानीको बढ्दो सवारी चाप र सडक दुर्घटनाका चुनौतीलाई सम्बोधन

शिक्षण पेसाबाट कृषक बनेका निश्चल भन्छन्- धेरै वर्ष सेवा गरेँ, अब कृषिमा समय बिताउँछु

काठमाडौं– हेटौंडाको पदमपोखरी -१३ को एक शान्त साझ, फेन्चु लामा