कात्तिक नाचअन्तर्गत बराह अवतार-हिरण्याक्ष वध मञ्चन « Khabarhub

कात्तिक नाचअन्तर्गत बराह अवतार-हिरण्याक्ष वध मञ्चन


१७ कार्तिक २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ललितपुरमा जारी कात्तिक नाचअन्तर्गत सातौँ दिन आइतबार राती बराह अवतार–हिरण्याक्ष वध मञ्चन गरिएको छ । 

प्रत्येक वर्ष ललितपुर दरबार क्षेत्रमा ‘कात्तिक नाट्य महोत्सव’ मञ्चन गर्ने परम्पराअनुसार आइतबार राती बराह अवतार–हिरण्याक्ष वध मञ्चन गरिएको हो । 

इन्द्रले यज्ञ गरिरहँदा हिरण्याक्ष दैत्यले विष्णुको नाममा गरेको यज्ञ भङ्ग गर्न आउने कथामा आधारित रहेको छ । जसअनुसार इन्द्रले गरेको यज्ञमा बाधा पुर्‍याएपछि विष्णुको आह्वान गर्ने र विष्णुको स्वरूप बराह प्रकट भएर युद्ध चल्ने तथा आफूहरूले हार्दै जाँदा हिरण्यासहित उनका दैत्यगण भाग्ने नाटक मञ्चन कात्तिक नाच व्यवस्थापन समितिले जनाएको छ ।

सो नाटक मञ्चन हुँदा अन्य रातमा भन्दा यस रातमा नाटक हेर्न पुग्ने सर्वसाधारणको घुइँचो लाग्ने गर्दछ । 

कात्तिक नाचको माध्यमद्वारा देशमा आउने विघ्न बाधा हटी शान्ति र सु–व्यवस्था कायम रहने विश्वास रहेको छ । 

कात्तिक महिनाभरि विभिन्न विधि र प्रकारका नृत्य प्रदर्शन गरिने भएकाले यस नाचलाई ‘कात्तिक नाच’ भनिएको हो  ।

मल्लकालीन राजा सिद्धिनरसिंहले ललितपुरका बासिन्दालाई भय र त्रासमुक्त गर्न यो नाच देखाउन थालेको मान्यता छ । 

प्रकाशित मिति : १७ कार्तिक २०८२, सोमबार  ४ : १६ बजे

केप भर्डेका गोलकिपर भोजिन्हाको चिलीमा भव्य स्वागत

काठमाडौँ – फिफा विश्वकपमा देशलाई ऐतिहासिक सफलता दिलाएका केप भर्डेका

प्रतिनिधिसभाको बैठक बस्दै, कांग्रेसले प्रस्तुत गरेको जरुरी सार्वजनिक महत्वको प्रस्तावमा छलफल हुने

काठमाडौँ– सङ्घीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक

देशभर मनसुनको प्रभाव : केही भूभागमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले देशभर

युएफसी फाइटर एलानको हृदयघातले निधन : युएफसीद्वारा शोक व्यक्त

काठमाडौँ – मिक्स मार्सल आर्ट्स (एमएमए) का चर्चित ब्राजिलियन फाइटर

रुसमा युक्रेनको ड्रोन आक्रमण: ७ जनाको मृत्यु, ४० घाइते

मस्को – दक्षिणी रुसको एक व्यस्त समुद्री किनारमा युक्रेनी ड्रोन