कार्यवाहक सभापतिद्वारा खतिवडाको निधनप्रति दुःख व्यक्त « Khabarhub

कार्यवाहक सभापतिद्वारा खतिवडाको निधनप्रति दुःख व्यक्त


१७ कार्तिक २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले कांग्रेस केन्द्रीय सदस्य रामहरि खतिवडाका पिता जीवननाथ खतिवडाको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन्।

कार्यवाहक सभापति खड्काको तर्फबाट पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज शोक विज्ञप्ति जारी गरी पार्टीका केन्द्रीय सदस्य एवम् राज्य व्यवस्था समितिका पूर्वसभापति खतिवडाका  बुबाको निधनप्रति गहिरो दुःख व्यक्त गरेका हुन् ।

कार्यवाहक सभापति खड्काले खतिवडाको आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवार तथा आफन्तजनप्रति पार्टी र आफ्नो तर्फबाट गहिरो समवेदना प्रकट गरेका छन् ।

खतिवडाले नेपाली कांग्रेसको सङ्गठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेको कांग्रेसले जनाएको छ । दमसम्बन्धी समस्या खेप्दै आएका ७८ वर्षीय जीवनाथको आइतबार राति डिल्लीबजारस्थित निवासमा निधन भएको हो ।
 

प्रकाशित मिति : १७ कार्तिक २०८२, सोमबार  ४ : २२ बजे

बाढीपीडितलाई मोड्युलर आवासको तयारी, ६० प्रतिशतले रोजे भाडामा बस्ने विकल्प

काठमाडौं । रसुवा बाढीबाट प्रभावित नागरिकका लागि सरकारले अस्थायी आवास

कांग्रेस १५औँ महाधिवेशन : ६३ जिल्लाको वडा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत ६३ जिल्लाको वडा अधिवेशन

६३ जिल्लामा कांग्रेस वडा अधिवेशन सम्पन्न

काठमाडौं । नेपाली कांग्रेको वडा अधिवेशन ६३ जिल्लामा सम्पन्न भएको

बाढीले बगाएका लकरका धनी खोज्दै प्रहरी

नुवाकोट । भोटेकोशी र त्रिशूलीको बाढीले बगाएर ल्याएका नुवाकोट र

भोटेकोशी बाढीले पर्यटन क्षेत्रमा ५२ अर्ब  बढीको क्षति

काठमाडौं । भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढी र त्यसपछिको