पाकिस्तानमा पछिल्लो तीन महिनामा भएका हिंसात्मक घटनामा ९ सय जनाको मृत्यु « Khabarhub

पाकिस्तानमा पछिल्लो तीन महिनामा भएका हिंसात्मक घटनामा ९ सय जनाको मृत्यु


२९ आश्विन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पाकिस्तानमा पछिल्लो तीन महिनामा भएको हिंसामा परी ९ सय जनाभन्दा धेरैको ज्यान गएको छ । पछिल्लो समय पाकिस्तानमा लडाकु समूहबाट हुने हिंसा बढिरहेको पाइएको छ ।

लडाकु समूहको हिंसाका विरुद्धमा सेनाले पनि प्रतिआतंकवाद कारवाहीलाई निरन्तरता दिइरहेको छ । यस्तो अवस्थामा हिंसाका कारण ज्यान गुमाउनेको सङ्ख्या पनि बढिरहेको छ । सेन्टर फर रिसर्च एण्ड सेक्युरिटी स्टडिजका अनुसार सन् २०२५ पछिल्ला केही दशकयताकै सबैभन्दा हिंसात्मक वर्ष बन्न पुगेको छ ।

सेन्टरलाई उद्धृत गर्दै खामा प्रेसले जनाए अनुसार पछिल्लो तीन महिनामा पाकिस्तानमा भएका हिंसाका क्रममा ९ सय १ जनाको ज्यान गएको छ । यसमा सुरक्षाकर्मी, सर्वसाधारण, लडाकुहरु पनि समावेश छन् । त्यसैगरी, सोही अवधिमा अरु ५ सय ९९ जना घाइते भएका छन् ।

यस अवधिमा पाकिस्तानमा विभिन्न ३ सय २९ वटा हिंसात्मक घटना भएका छन् । अघिल्लो वर्षको सोही अवधिको तुलनामा यो ४६ प्रतिशतले धेरै हो ।

सेन्टरका अनुसार सन् २०२५ को जनवरीदेखि सेप्टेम्बर महिनासम्म मुलुकमा भएका हिंसामा परी २ हजार ४ सय १४ जनाले ज्यान गुमाएका छन् । गत वर्ष सन् २०२४ भरीमा पाकिस्तानमा यस्ता घटनामा परी २ हजार ५ सय ४६ जनाले ज्यान गुमाएका थिए ।

प्रकाशित मिति : २९ आश्विन २०८२, बुधबार  ५ : ३५ बजे

सिंहदरबारमा निर्वाचन तयारीबारे सर्वपक्षीय छलफल सुरु (तस्बिरहरू)

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको संसारमा

धनुषामा एक अस्पतालसहित चार वटा औषधि पसललाई कारबाही

जनकपुरधाम– सरकारले तोकेको मापदण्ड विपरीत अवैध रूपमा, दर्ता नगरी सञ्चालित

लघुवित्त तथा मिटरब्याजपीडित आन्दोलित (तस्बिरहरू)

 काठमाडौं– लघुवित्त तथा मिटरब्याज पीडितले आजदेखि काठमाडौं केन्द्रित आन्दोलन थालेका

साइकल चढ्नेहरू दिनप्रतिदिन घट्दै

कञ्चनपुर– कुनै समय कञ्चनपुरलगायत तराई क्षेत्रको जनजीवनको अभिन्न अङ्ग मानिने

च्यातिएको गञ्जी बोकेर प्रदर्शन गर्दै जेन-जी (तस्बिरहरू)

काठमाडौं- जेन-जी नेता मिराज ढुंगााको नेतृत्वको समूहले काठमाडौंको माइतीघरमा आन्दोलन