पाकिस्तानमा पछिल्लो तीन महिनामा भएका हिंसात्मक घटनामा ९ सय जनाको मृत्यु « Khabarhub

पाकिस्तानमा पछिल्लो तीन महिनामा भएका हिंसात्मक घटनामा ९ सय जनाको मृत्यु


२९ आश्विन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पाकिस्तानमा पछिल्लो तीन महिनामा भएको हिंसामा परी ९ सय जनाभन्दा धेरैको ज्यान गएको छ । पछिल्लो समय पाकिस्तानमा लडाकु समूहबाट हुने हिंसा बढिरहेको पाइएको छ ।

लडाकु समूहको हिंसाका विरुद्धमा सेनाले पनि प्रतिआतंकवाद कारवाहीलाई निरन्तरता दिइरहेको छ । यस्तो अवस्थामा हिंसाका कारण ज्यान गुमाउनेको सङ्ख्या पनि बढिरहेको छ । सेन्टर फर रिसर्च एण्ड सेक्युरिटी स्टडिजका अनुसार सन् २०२५ पछिल्ला केही दशकयताकै सबैभन्दा हिंसात्मक वर्ष बन्न पुगेको छ ।

सेन्टरलाई उद्धृत गर्दै खामा प्रेसले जनाए अनुसार पछिल्लो तीन महिनामा पाकिस्तानमा भएका हिंसाका क्रममा ९ सय १ जनाको ज्यान गएको छ । यसमा सुरक्षाकर्मी, सर्वसाधारण, लडाकुहरु पनि समावेश छन् । त्यसैगरी, सोही अवधिमा अरु ५ सय ९९ जना घाइते भएका छन् ।

यस अवधिमा पाकिस्तानमा विभिन्न ३ सय २९ वटा हिंसात्मक घटना भएका छन् । अघिल्लो वर्षको सोही अवधिको तुलनामा यो ४६ प्रतिशतले धेरै हो ।

सेन्टरका अनुसार सन् २०२५ को जनवरीदेखि सेप्टेम्बर महिनासम्म मुलुकमा भएका हिंसामा परी २ हजार ४ सय १४ जनाले ज्यान गुमाएका छन् । गत वर्ष सन् २०२४ भरीमा पाकिस्तानमा यस्ता घटनामा परी २ हजार ५ सय ४६ जनाले ज्यान गुमाएका थिए ।

प्रकाशित मिति : २९ आश्विन २०८२, बुधबार  ५ : ३५ बजे

कर्णाली सरकारका नवनियुक्त तीन मन्त्रीद्वारा शपथ ग्रहण

कर्णाली – कर्णाली प्रदेश सरकारका नवनियुक्त तीन मन्त्रीहरूले पद तथा

सन्तोष राईको शव ल्याउने खर्च सरकारले व्यहोर्ने, आशिकाले दिइन् धन्यवाद

काठमाडौं – वैदेशिक रोजगारीका क्रममा निधन भएका धादिङका सन्तोष राईको

विपद् व्यवस्थापनमा सरकार संवेदनशील छ : गृहमन्त्री

काठमाडौं- गृहमन्त्री सुधन गुरुङले विपद् व्यवस्थापन आफ्नो मन्त्रालयको प्राथमिक जिम्मेवारी भएकाले

‘दुर्गा प्रसाईंको राजनीतिक स्वार्थले धर्नारत नागरिकको जीवन संकटमा’

काठमाडौं– ललितपुरको पुल्चोकस्थित राष्ट्रिय मानवअधिकार आयोग अगाडि विगत ६ दिनदेखि