नदीमा बगेकी बालिकाको सकुशल उद्धार « Khabarhub

नदीमा बगेकी बालिकाको सकुशल उद्धार


१७ कार्तिक २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

अदानचुली– यहाँस्थित अदानचुली गाउँपालिका–२ गल्फागाड खोलामा नुहाउने क्रममा बगेकी सात वर्षीया बालिकाको उद्धार गरिएको छ ।

आज अपराह्‍न खोलामा नुहाउने क्रममा एक्कासी बगेकी अदानचुली–२ का लाले भण्डारीकी छोरी अस्मिताको कर्णाली नदीबाट उद्धार गरिएको हो ।
 
एक्कासी खोलामा बगेकी भण्डारीको कर्णाली नदी र खोलाको दोभानबाट श्रीनगर प्रहरी चौकी गल्फागाडका हबल्दार योगेन्द्र ऐडी र स्थानीयको सहयोगमा उद्धार गरिएको हवल्दार ऐडीले बताए। बगाएको स्थानदेखि अन्दाजी चार सय मिटरको दूरीबाट बालिकालाई सकुशल उद्धार गरिएको उनको भनाइ छ ।

आफ्नो ज्यानको परबाह नगरी बालकलाई नदीबाट उद्धार गर्ने प्रहरी हवल्दार ऐडीलाई स्थानीयले धन्यवाद दिएका छन् । 

प्रकाशित मिति : १७ कार्तिक २०८२, सोमबार  ७ : ५२ बजे

लुम्बिनीको बजेटमा स्वास्थ्य क्षेत्रका प्राथमिकता

लुम्बिनी– प्रदेश सरकारले सोमबार प्रदेशसभामा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष

विश्वकप : उरुग्वेलाई साउदीको कडा चुनौती, बराबरी गर्दै आराउजोले जोगाए साख

मियामी – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एच’ को आफ्नो

टीकापुरमा भूमिपूजाको रौनक

टीकापुर– मगर जातिको संस्कृतिसँग जोडिएको भूमिदेवताको पूजा गर्ने भूमिपर्व सुरुआत

विश्वकप: न्युजिल्यान्ड र इरानको रोमाञ्चक भिडन्त, २-२ गोलको बराबरी

लस एन्जलस – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जी’ को

नेपालगञ्ज भन्सार : राजस्व सङ्कलनमा वृद्धि

बाँके– भारतबाट नेपाल भित्रिने सामानमा अनिवार्य भन्सार शुल्क लगाएपछि नेपालगञ्ज