सुदन किराती भन्छन्ः हामी ढुंगाखानीभित्र बाटो खोजी रहेका छौं « Khabarhub

सुदन किराती भन्छन्ः हामी ढुंगाखानीभित्र बाटो खोजी रहेका छौं


१७ कार्तिक २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


615
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) बीचको एकता हुने निर्णय भएपछि माओवादी केन्द्रका नेता सुदन किरातीले सामाजिक सञ्जालमार्फत संकेतपूर्ण स्टाटस लेखेका छन् ।

किरातीले फेसबुकमा लेखेका छन्, “प्रिय साथी, तिमी कमलको फूल भई फुल्ने प्रयास गर किनकि तिमी हिलोमा बसेको छौ । हामीले त ढुंगाको काफ फोरेर उम्रनु छ किनकि हामी ढुंगाखानीभित्र बाटो खोजी रहेका छौं।”

उनको यो स्टाटसलाई माओवादी–एकीकृत समाजवादीबीचको पार्टी एकताको सन्दर्भमा जोडेर हेरिएको छ । पार्टीभित्र नेताहरू एकता प्रक्रियाको पक्षमा रहीरहेका बेला सुदन किराती भने त्यसको विपक्षी धारमा उभिएका जनार्दन शर्माको पक्षमा देखिएका छन् ।

किरातीले यसअघि पनि विभिन्न पार्टीगत निर्णय र नेतृत्वको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै आएका छन् । पछिल्ला दिनहरूमा उनले नेताहरूबीचको सिद्धान्तहीन सहकार्यविरुद्ध आलोचनात्मक अभिव्यक्ति दिइरहेका छन् ।

प्रकाशित मिति : १७ कार्तिक २०८२, सोमबार  ८ : ५८ बजे

सुर्खेत विमानस्थलमा विपद् उद्धार पोखरी निर्माण सुरु

काँक्रेविहार- सुर्खेत विमानस्थल परिसरमा मानवीय सहायता तथा विपद् उद्धार पोखरी

मन्त्रिपरिषद बैठकः नागरिकता नियमावली संशोधनदेखि इराक जानेलाई श्रम स्वीकृतिसम्म

काठमाडौं- सरकारले ‘नेपाल नागरिकता चौथो संशोधन नियमावली २०८२’ स्वीकृत गर्ने

पशुपतिनाथमा रातभर धनुर्मास पूजा

काठमाडौं- प्रत्येक वर्ष सूर्यनारायण धनु राशिमा रहेका बेला शुभ साइत

धुलिखेलमा जिल्लास्तरीय भेट्रान–पुरुष भलिबल प्रतियोगिता सुरु

काभ्रेपलाञ्चोक- न्यू गौखुरेश्वर युवा क्लब धुलिखेलको आयोजनामा गौखुरेश्वर कप काभ्रेपलाञ्चोक