सुदन किराती भन्छन्ः हामी ढुंगाखानीभित्र बाटो खोजी रहेका छौं « Khabarhub

सुदन किराती भन्छन्ः हामी ढुंगाखानीभित्र बाटो खोजी रहेका छौं


१७ कार्तिक २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


615
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) बीचको एकता हुने निर्णय भएपछि माओवादी केन्द्रका नेता सुदन किरातीले सामाजिक सञ्जालमार्फत संकेतपूर्ण स्टाटस लेखेका छन् ।

किरातीले फेसबुकमा लेखेका छन्, “प्रिय साथी, तिमी कमलको फूल भई फुल्ने प्रयास गर किनकि तिमी हिलोमा बसेको छौ । हामीले त ढुंगाको काफ फोरेर उम्रनु छ किनकि हामी ढुंगाखानीभित्र बाटो खोजी रहेका छौं।”

उनको यो स्टाटसलाई माओवादी–एकीकृत समाजवादीबीचको पार्टी एकताको सन्दर्भमा जोडेर हेरिएको छ । पार्टीभित्र नेताहरू एकता प्रक्रियाको पक्षमा रहीरहेका बेला सुदन किराती भने त्यसको विपक्षी धारमा उभिएका जनार्दन शर्माको पक्षमा देखिएका छन् ।

किरातीले यसअघि पनि विभिन्न पार्टीगत निर्णय र नेतृत्वको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै आएका छन् । पछिल्ला दिनहरूमा उनले नेताहरूबीचको सिद्धान्तहीन सहकार्यविरुद्ध आलोचनात्मक अभिव्यक्ति दिइरहेका छन् ।

प्रकाशित मिति : १७ कार्तिक २०८२, सोमबार  ८ : ५८ बजे

मंगलबारका लागि लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – २०८३ साल साउन १९ गते मंगलबार सन् २०२६

आज २०८३ साल साउन १९ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल साउन १९ गते मंगलबार सन् २०२६

झापा गाउँपालिकाद्वारा भूमि प्रशासन सेवा आरम्भ

झापा – झापा गाउँपालिकाले आजदेखि आफ्नै भूमि व्यवस्थापन शाखामार्फत मालपोत

भलिबल सङ्घद्वारा वार्षिक कार्यक्रम सार्वजनिक

काठमाडौं – नेपाल भलिबल सङ्घले चालु आर्थिक वर्षमा विभिन्न १९