वन कार्यालयका अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा, १ करोड ४३ लाखको स्रोत भेटिएन « Khabarhub

वन कार्यालयका अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा, १ करोड ४३ लाखको स्रोत भेटिएन


१७ कार्तिक २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


222
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- डिभिजन वन कार्यालय, इलामका डिभिजनल वन अधिकृत (अधिकृत दशौँ तह) हाल डिभिजन वन कार्यालय, भोजपुरमा कार्यरत दान बहादुर श्रेष्ठ उपर भ्रष्टाचार मुद्दा दायर भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अकुत सम्पत्ति आर्जन गरेको आरोपमा श्रेष्ठविरुद्ध विशेष अदालतमा आरोप पत्र दाय गरेको हो।

श्रेष्ठले सुरू नियुक्ति मिति २०४८ असार २६ देखि सम्पत्ति विवरण फाराम भरी बुझाएको मिति २०८० फागुन १६ गतेसम्म उनी र उनको एकाघर परिवारका सदस्यहरूले आर्जन गरेको वैधानिक २ करोड १६लाख ८५ हजार ५५७ रुपैयाँ ९६ पैसा आय आर्जन गरेको र सोही अवधिमा ३ करोड ६० लाख ४ हजार ४९५ रुपैयाँ ४८ पैसा खर्च देखिएकोले समग्रमा कुल आय भन्दा कुल व्यय जम्मा १ करोड ४३ लाख १८ हजार ९३७ रुपैयाँ ५२ पैसा बढी देखिएको अख्तयारको भनाई छ।

उक्त रकमको स्रोत पुष्टि हुन नसकेको हुँदा उक्त रकम बराबरको गैरकानुनी सम्पत्ति आर्जन गरेको ठहरसहित अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको हो।

यस्तै सम्पत्ति जफत गर्ने प्रयोजनार्थ मात्र नरमाया श्रेष्ठ, भावना वरुवाल र फरेष्ट एण्ड इन्भारोमेन्ट रिसर्च अर्गनाइजेशन प्रालि भक्तपुरलाई प्रतिवादी कायम गरिएको छ।

प्रकाशित मिति : १७ कार्तिक २०८२, सोमबार  ९ : ४४ बजे

गुल्मीमा ३५५ प्रजातिका चरा

गुल्मी – गुल्मीमा चराका प्रजातिको सङ्ख्या ३५५ पुगेको छ ।

समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्न माग गर्दै सर्वोच्च रिट

काठमाडौं – सर्वोच्च अदालतलमा अपाङ्गता भएका व्यक्तिहरूको संवैधानिकरूपमा सुनिश्चित राजनीतिक

पोलियोका शङ्कास्पद बिरामी खोजतलास गर्नेमा उत्कृष्ट मुलुकमा नेपाल

काठमाडौं – नेपाल पोलियो भाइरसका शङ्कास्पद बिरामी खोजतलास गर्ने उत्कृष्ट

नगरप्रमुख महर्जनविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन

काठमाडौं – अख्तियार दुरूपयोग अनुसन्धान आयोगले राजस्व चुहावट गरी भ्रष्टाचार

११ किलो गाँजासहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चारजना भारतीय पक्राउ

काठमाडौं- सशस्त्र प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १० किलो ९६० ग्राम