प्रिमियर लिग : अग्रता जोगाउन नसक्दा सुन्दरल्याण्डसँग एभर्टन बराबरीमा रोकियो « Khabarhub

प्रिमियर लिग : अग्रता जोगाउन नसक्दा सुन्दरल्याण्डसँग एभर्टन बराबरीमा रोकियो


१८ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इंग्लिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा एभर्टन र सुन्दरल्याण्डले बराबरी खेलेका छन्। सुन्दरल्याण्डसँगको प्रतिस्पर्धामा एभर्टनले १–१ को बराबरी खेलेको हो।

खेलको १५ मिनेटमै इलिमान डियाएको गोलमा अग्रता लिएको एभर्टनले त्यसलाई जोगाउन नसक्दा बराबरीमा चित्त बुझाएको हो।

पहिलो हाफमा १–० ले अगाडि रहेको एभर्टनविरुद्ध दोस्रो हाफको सुरुवातमै सुन्दरल्याण्डका ग्रानिट जाकाले बराबरी गोल फर्काए। त्यसपछि दुवै टिमले गोल गर्न नसक्दा खेल बराबरीमा सकिएको हो।

बराबरी खेलेसँगै दुवै टोलीले समान एकएक अंक बाँडेका छन्। लिगको तालिकामा सुन्दरल्याण्ड १८ अंकसहित चौथो स्थानमा छ भने एभर्टन १२ अंकसहित १४ औं स्थानमा छ।

प्रकाशित मिति : १८ कार्तिक २०८२, मंगलबार  ७ : ०५ बजे

देवानगञ्ज घटनाका पीडितलाई दुई लाख प्रदान गर्ने प्रदेश सरकारको निर्णय

विराटनगर– कोशी प्रदेश सरकारले देवानगञ्ज घटनाका पीडित परिवारलाई राहत उपलब्ध गराउने

मधेशवादी दलका नेताले प्रधानमन्त्रीलाई सोधे : ताकेरै कम्मरमाथि गोली चलाउन कसले आदेश दियो ?

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले शुक्रबार मधेसवादी दलहरूसँग छलफल गरेका छन्।

तरलता व्यवस्थापनका निम्ति २५ अर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैङ्क

काठमाडौं– नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापनका

अव्यवस्थित तार व्यवस्थापन पूरा गर्न अन्तिम पटक १५ दिन थप, अब म्याद नथपिने

काठमाडौं– काठमाडौँ उपत्यकामा वर्षौंदेखि बिजुलीका खम्बामा गुजुल्टिएका, लत्रिएका तथा प्रयोगविहीन

ब्रोड पिक हिमपहिरो : चारवटा शव भेटिँदा एकजना नेपाली र ओमानी आरोहीको परिचय खुल्यो

काठमाडौं- पाकिस्तानको काराकोरम हिमशृङ्खलास्थित ८,०४७ मिटर अग्लो ब्रोड पिक हिमालमा