बार्सिलोनाका युवा स्टार लामिनमा चोटको समस्या अझै « Khabarhub

बार्सिलोनाका युवा स्टार लामिनमा चोटको समस्या अझै


१८ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बार्सिलोनाका युवा स्टार लामिन यामालको चोटप्रति मुख्य प्रशिक्षकले चासो राखेका छन्। टिमका मुख्य प्रशिक्षक हान्सी फ्लिकले टिमको जितमा उनको भूमिका महत्त्वपूर्ण देखिए पनि चोटको समस्या अझै बाँकी नै हरेको बताएका हुन्। उनले चोटको व्यवस्थापन गरेर अगाडि बढ्नुपर्नेमा जोड दिएका छन्।

यामालबारे मुख्य प्रशिक्षकले भनेका छन्, ‘उनी अनुशासित छन्। उनको चोटलाई व्यवस्थित गर्दै तालिमसँगै उपचार गर्नुपर्छ। खेलमा चोट सकिन्छ भन्ने हुँदैन। यो आउँछ र जान्छ तर यसको व्यवस्थापन गर्नुपर्छ।’

एल क्लासिकोमा नमिठो पराजयपछि लयमा फर्किने तयारी गरिरहेको बार्सिलोनाका लागि लामिन महत्त्वपूर्ण खेलाडी हुन्।

एल क्लासिकोमा पराजयको सामना गरेको एक सातापछि भएको एल्चेविरुद्धको खेलमा यामालले उत्कृष्ट गोल गर्दै अग्रता दिलाए। हरेक खेलमा युवा स्टार १८ वर्षीय यामालले क्षमता देखाउँदै आएकाले पनि प्रशिक्षकले उनको चोटको चिन्ता गरेको देखिन्छ।

प्रकाशित मिति : १८ कार्तिक २०८२, मंगलबार  ७ : ३९ बजे

बालेन शाहसँग भेटवार्तापछि बाहिरिए रास्वपा सभापति लामिछाने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर

निर्धारित मितिमै निर्वाचन हुन्छ : अर्थमन्त्री खनाल

सिरहा– अर्थमन्त्री डा रामेश्वर खनालले आगामी फागुन २१ गते हुने

बालेनसँगको वार्तापछि रवि : मेरो अनुहार हेर्नुस्, केही समय प्रतिक्षा गर्नुस्

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर

विश्वविद्यालयलाई प्राज्ञिकस्थल बनाउन आवश्यक : प्रधानमन्त्री

काठमाडौ– प्रधानमन्त्री सुशीला कार्कीले विश्वविद्यालयलाई प्राज्ञिक बहसको थलो बनाउन सबै

बालेनको सक्रियताले वैकल्पिक शक्तिलाई मिल्न दबाब, यस्ता छन् जटिलता

काठमाडौं- पछिल्लो समय काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले वैकल्पिक शक्तिहरूसँग