बार्सिलोनाका युवा स्टार लामिनमा चोटको समस्या अझै « Khabarhub

बार्सिलोनाका युवा स्टार लामिनमा चोटको समस्या अझै


१८ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बार्सिलोनाका युवा स्टार लामिन यामालको चोटप्रति मुख्य प्रशिक्षकले चासो राखेका छन्। टिमका मुख्य प्रशिक्षक हान्सी फ्लिकले टिमको जितमा उनको भूमिका महत्त्वपूर्ण देखिए पनि चोटको समस्या अझै बाँकी नै हरेको बताएका हुन्। उनले चोटको व्यवस्थापन गरेर अगाडि बढ्नुपर्नेमा जोड दिएका छन्।

यामालबारे मुख्य प्रशिक्षकले भनेका छन्, ‘उनी अनुशासित छन्। उनको चोटलाई व्यवस्थित गर्दै तालिमसँगै उपचार गर्नुपर्छ। खेलमा चोट सकिन्छ भन्ने हुँदैन। यो आउँछ र जान्छ तर यसको व्यवस्थापन गर्नुपर्छ।’

एल क्लासिकोमा नमिठो पराजयपछि लयमा फर्किने तयारी गरिरहेको बार्सिलोनाका लागि लामिन महत्त्वपूर्ण खेलाडी हुन्।

एल क्लासिकोमा पराजयको सामना गरेको एक सातापछि भएको एल्चेविरुद्धको खेलमा यामालले उत्कृष्ट गोल गर्दै अग्रता दिलाए। हरेक खेलमा युवा स्टार १८ वर्षीय यामालले क्षमता देखाउँदै आएकाले पनि प्रशिक्षकले उनको चोटको चिन्ता गरेको देखिन्छ।

प्रकाशित मिति : १८ कार्तिक २०८२, मंगलबार  ७ : ३९ बजे

कृषि उद्यशिलताका लागि वैदेशिक रोजगारीबाट फर्केका युवालाई उच्च प्राथमिकता

काठमाडौँ– उर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिँचाइ विभागले

काठमाडौँ महानगरले अब हुलाकबाट चिठ्ठी पठाउने, गोश्वारा हुलाकसँग सम्झौता

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले विभिन्न निकायसँग हुने पत्र व्यवहारलाई हुलाक मार्फत

अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही सडक

झापा– पूर्वी नेपालको प्रमुख व्यापारिक मार्गलाई अन्तर्राष्ट्रिय सडक सञ्जालसँग जोड्ने

संसदमा नयाँ भवन ऐन दर्ता : विपन्न नागरिकलाई ७५ हजारसम्म आवास अनुदान प्रस्ताव

काठमाडौँ– पूर्वाधार विकास मन्त्रालयले गरिब तथा विपन्न नागरिकको आवास सुनिश्चित

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु, एकजना घाइते

मोरङ– मोरङको लेटाङ नगरपालिका– ९ हात्तीचोकस्थित भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना