वर्षाले धानबालीमा क्षति भएपछि किसान चिन्तित « Khabarhub

वर्षाले धानबालीमा क्षति भएपछि किसान चिन्तित


१८ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

रौतहट– गत असोजको अविरल वर्षापछि रौतहटको बकैया नदी र बागमती नदीले बाँध कटान गरेर पसेको बाढीले धानबालीमा क्षतिको आँकलन सार्वजनिक भएको छ । कृषि ज्ञान केन्द्रका अनुसार गत असोज १७ देखि १९ गतेसम्म आएको अविरल वर्षाको बाढीले जिल्लामा १७ हजार ६३८ हेक्टर खेतमा लगाएको धानबालीमा क्षति भएको छ ।

जिल्लामा बाढीले १७ हजार ६३८ हेक्टर खेतको धानबाली, एक हजार ८०४ हेक्टर क्षेत्रफलको उखुबाली, ६ सय ८५ हेक्टरको तरकारी, चार सय सात हेक्टरको फलफूलबाली र पाँच सय हेक्टर अन्य बालीमा क्षति पुर्याएको कृषि ज्ञान केन्द्रका निमित्त कार्यालय प्रमुख सुरेन्द्रप्रसाद कुर्मीले जानकारी दिए ।

जिल्लाका १८ वटै पालिकासँग समन्वय गरेर क्षतिको विवरण सङ्कलन गरिएको उनले बताए । बाढीले सबैभन्दा बढी राजदेवी, परोहा, राजपुर, माधव नारायण, गढीमाई, इशनाथ, मौलापुर नगरपालिका र दुर्गाभगवती गाउँपालिकालगायतमा क्षति पुर्‍याएकाे उनले जानकारी दिए ।

क्षतिको विवरण जिल्ला प्रशासन कार्यालयलाई बुझाइसकेको र राहतका लागि कुरा भइरहेको उनले जानकारी दिए । जिल्लाको करिब ५१ हजार हेक्टर धानखेतीयोग्य जमिनमध्ये ३८ हजार ५०० हेक्टरमा धानबाली लगाइएकामा बाढीले एक हजार ६३८ हेक्टर खेतको धानबालीमा क्षति पुर्‍याएकाे उनको उनको भनाइ छ ।

जिल्लामा ७४ हजार मेट्रिक टन धान उत्पादन घट्ने  अनुमान गरिएको छ । यसैबीच दुर्गा भगवती गाउँपालिकाका अध्यक्ष शम्भु सिंहले किसानले पाउनुपर्ने राहत रकम चाँडोभन्दा चाँडो उपलब्ध गराउन माग गगरेका छन् । बाढीले रौतहटका करिब साढे चार सय घरपरिवार विस्थापित भएका थिए ।

त्यसैगरी, पछिल्लोपटक आएको वर्षाले धानबालीमा क्षति पुर्‍याएकाे छ । भित्र्याउने बेलाको धान वर्षाले भिजाएपछि किसान चिन्तित बनेका हुन् ।

वर्षाले किसानले धान भित्र्याउन नपाएको वृन्दावन– १ का किसान शिवमङ्गल पटेलले गुनासो गरे । खेतमा काटेर राखेको धान सबै वर्षाले डुबाएको छ । (रासस)

प्रकाशित मिति : १८ कार्तिक २०८२, मंगलबार  ९ : ५४ बजे

पशुपतिनाथमा रातभर धनुर्मास पूजा

काठमाडौं- प्रत्येक वर्ष सूर्यनारायण धनु राशिमा रहेका बेला शुभ साइत

धुलिखेलमा जिल्लास्तरीय भेट्रान–पुरुष भलिबल प्रतियोगिता सुरु

काभ्रेपलाञ्चोक- न्यू गौखुरेश्वर युवा क्लब धुलिखेलको आयोजनामा गौखुरेश्वर कप काभ्रेपलाञ्चोक

पर्यटन प्रवर्द्धनसँगै प्राणी संरक्षण गर्नुपर्छ : मुख्यमन्त्री बानिया

नारायणगढ– बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाले पर्यटन प्रवर्द्धनसँगै प्राणी संरक्षण

चिसो बढेपछि बाँकेमा दाउरा वितरण

नेपालगन्ज– चिसो बढ्दै गएपछि आगो ताप्नका लागि बाँकेका स्थानीय तहले

पाँच महिनामा आठ अर्ब ७७ करोडको खाद्यान्न आयात

वीरगञ्ज– वीरगञ्ज नाका हुँदै आठ अर्ब ७७ करोड रुपैयाँ मूल्य बराबरको १७