काठमाडौं – ब्राजिलियन फुटबलका स्टार नेयमार राष्ट्रिय फुटबल टोलीमा अटाउन सकेनन् । चोटग्रस्त नेयमारलाई छनोट समितिले सोमबार घोषणा भएको टिममा नसमेटेको हो ।
२०२६ को अन्तिम मानिएको मैत्रीपूर्ण खेलका लागि भएको टिम घोषणामा उनको नाम नसमेटिएको हो । सेनेगल र ट्युनिसियाविरुद्ध हुने खेलका लागि टिम घोषणा हुँदा नेयमार नअटाउँदा स्ट्राइकर भितोर रोकेले स्थान पाएका छन् ।
ब्राजिलले लन्डनमा हुने मैत्रीपूर्ण खेलमा नोभेम्बर १५ मा सेनेगलसँग प्रतिस्पर्धा गर्नेछ । यही टोलीले अर्को खेल फ्रान्स पुगेर ट्युनिसियासँग प्रतिस्पर्धा गर्नेछ ।


                    
                










प्रतिक्रिया