विशेष पत्रकार सम्मेलन गर्दै माओवादी उपमहासचिव जनार्दन शर्मा « Khabarhub

विशेष पत्रकार सम्मेलन गर्दै माओवादी उपमहासचिव जनार्दन शर्मा


१८ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


285
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)को एकताप्रति असन्तुष्ट रहेका माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले आज विशेष पत्रकार सम्मेलन गर्दैछन् ।

शर्माले ललितपुर बखुण्डोलस्थित सत्कार क्याफेमा दिउँसो २ः३० बजे पत्रकार सम्मेलन गर्न लागेका हुन् । माओवादीको केन्द्रीय समिति बैठक बहिष्कार गर्दै शर्माले पत्रकार सम्मेलन गर्न लागेका हुन् ।

माओवादी केन्द्र महाधिवेशन आयोजक समितिको बैठक आज कार्तिक १८ गते दिउँसो १ बजे प्रज्ञा प्रतिष्ठानको हल कमलादीमा बस्दै छ ।

माओवादी आयोजक समितिको बैठक राखेर एकता अनुमोदन गर्दै छ। तर शर्माले भने यो एकता प्रक्रिया तत्काल रोक्ने बताउँदै आएका छन् ।

शर्माले यो एकता प्रक्रियामा आफू सहभागी नहुने भन्दै प्रचण्डसँग अलग भएको घोषणा गरिसकेका छन् ।

प्रकाशित मिति : १८ कार्तिक २०८२, मंगलबार  ११ : ५९ बजे

सुर्खेत विमानस्थलमा विपद् उद्धार पोखरी निर्माण सुरु

काँक्रेविहार- सुर्खेत विमानस्थल परिसरमा मानवीय सहायता तथा विपद् उद्धार पोखरी

मन्त्रिपरिषद बैठकः नागरिकता नियमावली संशोधनदेखि इराक जानेलाई श्रम स्वीकृतिसम्म

काठमाडौं- सरकारले ‘नेपाल नागरिकता चौथो संशोधन नियमावली २०८२’ स्वीकृत गर्ने

पशुपतिनाथमा रातभर धनुर्मास पूजा

काठमाडौं- प्रत्येक वर्ष सूर्यनारायण धनु राशिमा रहेका बेला शुभ साइत

धुलिखेलमा जिल्लास्तरीय भेट्रान–पुरुष भलिबल प्रतियोगिता सुरु

काभ्रेपलाञ्चोक- न्यू गौखुरेश्वर युवा क्लब धुलिखेलको आयोजनामा गौखुरेश्वर कप काभ्रेपलाञ्चोक