सरसफाइमा लापरवाही देखिएपछि ओम अस्पतालको क्यान्टिन ७ दिनका लागि बन्द  « Khabarhub

सरसफाइमा लापरवाही देखिएपछि ओम अस्पतालको क्यान्टिन ७ दिनका लागि बन्द 


१८ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरसफाइमा लापरवाही गरेको भन्दै काठमाडौंको चाबहिलस्थित ओम अस्पतालको क्यान्टिन ७ दिनका लागि बन्द गराइएको छ । 

काठमाडौँ महानगरपालिका र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको संयुक्त टोलीले काठमाडौँका विभिन्न अस्पतालका क्यान्टिनहरूमा खाद्य स्वच्छता अनुगमन गर्ने क्रममा ओम अस्पतालको क्यान्टिनमा सरसफाइमा चरम लापरवाही देखिएपछि मर्मत र सम्पूर्ण सुरक्षा अपनाएपछि मात्र सञ्चालनमा ल्याउन निर्देशन दिएको छ । 

हेल्दी बाइट्स सर्भिसेज् प्रा.लि.द्वारा सञ्चालन भइरहेको उक्त क्यान्टिनमा खाद्य रंगको अव्यवस्थित प्रयोग, म्याद गुज्रिएका उपभोग्य वस्तु, अस्वस्छ वातावरण, पेष्ट कन्ट्रोल (किटनाशक नियन्त्रण)  व्यवस्था सन्तोषजनक नरहेको, लेबल विवरण नदेखिएका खाद्य वस्तु प्रयोग गरिएको लगायत अनियमितता भेटिएका अनुगमन टोलीले जनाएको छ । 

अनुगमन टोलीका फुड टेक्नोलोजिस्ट अनिल बस्नेत र अशोक पराजुलीका अनुसार, क्यान्टिन सञ्चालकले व्यवसाय दर्ता समेत नगरेको हुँदा सात दिनका लागि बन्द गरी स्पष्टीकरणसहित महानगरमा उपस्थित हुन निर्देशन दिइएको हो ।

प्रकाशित मिति : १८ कार्तिक २०८२, मंगलबार  १ : ०० बजे

अंश विवादले पोखराकी सिर्जनाको हत्या, सौताका भाञ्जाले सडकमै हानेका थिए खुँडा

पोखरा- पोखरा महानगरको एक व्यस्त साँझ, सभागृह चोक नजिकैको सडक

‘कांग्रेस एक हुने लक्षण छैन, अदालतको फैसला नै मिल्ने आधार बन्न सक्छ’

काठमाडौं- नेपाली कांग्रेसमा समानान्तर गतिविधि गरिरहेको इतर समूह यतिबेला सर्वोच्चको

सूचनाको हक कानुनको कार्यान्वयन सरकारको प्राथमिकता

काठमाडौं– नेपालको अधिराज्यको संविधान, २०४७ मा सूचनाको हकको व्यवस्था गरिएको

काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनबारे छलफल

काठमाडौं– काठमाडौं उपत्यकाको ‘ट्राफिक’ व्यवस्थापनमा केन्द्रित रहेर काठमाडौं उपत्यका ट्राफिक

सांसदहरूलाई रविको निर्देशन : मन्त्रालयमा अनावश्यक नधाउनू, आफन्तलाई नियुक्ति दिलाउनेतिर नलाग्नू

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सभापति रवि लामिछानेले सांसद र