एक पाण्डव गोप्य राखेर फिल्म ‘पाँच पण्डव’को शुभमुहूर्त | Khabarhub Khabarhub

एक पाण्डव गोप्य राखेर फिल्म ‘पाँच पण्डव’को शुभमुहूर्त


१८ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दीपकराज गिरी र जितु नेपालको सहकार्य हुने भनेर चर्चा पाएको फिल्म ‘पाँच पाण्डव’को शुभमुहूर्त गरिएको छ ।

पुसबाट छायाङ्कनमा जाने योजनाका साथ निर्देशक वसन्त निरौलाले कमलादीस्थित गणेशथानमा मंगरबार स्क्रिप्टको पूजा गरेका हुन् ।

शुभ मुहूर्तमा फिल्मका कलाकारहरु हरिवंश आचार्य, जितु नेपाल र दीपाश्री निरौला पुगेका थिए ।

फिल्ममा हरिवंश, जितु, सिताराम कट्टेल ‘धुर्मुश’ र सागर लम्साल ‘बले’ पाण्डवको भूमिकामा रहेको निर्माण पक्षले बताएको छ । उनीहरु मध्ये कसले युधिष्ठिर, भीम, अर्जुन, नकुल र सहदेवको भूमिका निर्वाह गर्ने भन्नेबारे गोप्य नै राखिएको छ ।

अर्का एक पाण्डव भने निर्माण पक्षले खुलाएको छैन ।

चर्चा भए अनुसार निर्माण पक्षले कलाकारको सूचीमा दीपकको नाम राखेको छैन । कतै खुलाउन बाँकी रहेका ‘पाण्डव’ दीपकराज त होइनन् ? भन्ने शंका उत्पन्न भएको छ ।

केही दिनपछि कार्यक्रमको आयोजना गरी सबै कलाकारबारे जानकारी दिने उनले बताए । दीपकको फिल्ममा अभिनय रहनेबारे उनले खबरहबसँग भने, ‘अहिले नै भन्न नसक्ने अवस्था छ ।’

दीपक निकटका अनुसार उनी यो फिल्ममा अभिनय गर्न उत्साहित छैनन् । यसको प्रस्ताव अस्वीकार गरेर उनी आफ्नै फिल्मको लेखनमा लागेको बुझिन्छ ।

यो अवस्थामा वसन्तले अर्को पाण्डव कसलाई बनाउँलान् भन्ने कौतुहालता सिर्जना भने भएको छ ।

निर्माण पक्षले दिएको जानकारी अनुसार फिल्मको महिला कलाकारमा दीपाश्री र जनी गुरुङ फाइनल भएका छन् ।

काली रानी फिल्मस्को प्रस्तुतिमा निर्माण हुने यो फिल्मको कथा, पटकथा र संवाद सुशील पौडेलले लेखेका छन् । उनी फिल्म ‘प्रसाद’को लेखक पनि हुन् ।

नवीन श्रेष्ठ प्रस्तुतकर्ता रहने चलचित्रको निर्माता काली रानी श्रेष्ठ हुन् । मल्टिस्टारर फिल्म हुने भएकाले यसको बजेट उच्च रहने प्रस्तुतकर्ता श्रेष्ठले बताए ।

नवीनले गत वर्ष प्रदर्शनमा आएको फिल्म ‘लाज शरणम्’बाट निर्माणमा हात हालेका हुन् ।

प्रकाशित मिति : १८ कार्तिक २०८२, मंगलबार  १ : ५७ बजे

भोजपुरमा मतदाता नामावली सङ्कलनमा उत्साहजनक सहभागिता

भोजपुर- आगामी फागुन २१ गते तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई

नलिनिकान्तका ‘हेरिटेज इन्डिया’ काठमाडौँमा प्रदर्शन

काठमाडौँ- भारतको गुजरात राज्यका अग्रज छविकार (४५ वर्षदेखि फोटोग्राफीमा सक्रिय)

जेन-जी आन्दोलनका घटनामा ३७५ जना पक्राउ

काठमाडौँ- भाद्र २३ र २४ गते भएको जेन-जी आन्दोलनका क्रममा

सशस्त्र प्रहरी अस्पतालमा नर्सिङ अध्ययन सुरु

काठमाडौँ- सशस्त्र प्रहरी बल नेपालले स्वास्थ्य उपचारको क्षेत्रमा दक्ष जनशक्ति

एमाले अध्यक्ष ओली र झलनाथ खनालबीच भेटवार्ता

भक्तपुर– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेकपा(समाजवादी)का सम्मानित