दरबन्दी संरचना र जिम्मेवारी स्पष्ट पार्न माग गर्दै हेल्थ असिस्टेन्ट संघले दियो आन्दोलनको चेतावनी  « Khabarhub

दरबन्दी संरचना र जिम्मेवारी स्पष्ट पार्न माग गर्दै हेल्थ असिस्टेन्ट संघले दियो आन्दोलनको चेतावनी 


१८ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँग दरबन्दी संरचना र जिम्मेवारी स्पष्ट पार्न माग गर्दै नेपालभरका हेल्थ असिस्टेन्टहरूले आन्दोलनको चेतावनी दिएका छन् ।

हेल्थ असिस्टेन्ट संघ नेपाल, जिल्ला कार्यसमिति नवलपुरले मन्त्रालयलाई पठाएको पत्रमा समायोजन ऐन २०७५ पछि स्थानीय तह र स्वास्थ्य चौकीमा सि.अ.हे.व.अधिकृत र जनस्वास्थ्य निरीक्षकबीचको सिनियरिटी, दरबन्दी तेरिज, र जिम्मेवारी विभाजनमा एकरूपता नहुँदा स्वास्थ्यकर्मीहरू अन्योलमा परेको जनाएको छ।

‘मन्त्रालयले यथाशीघ्र स्पष्ट निर्देशन नदिँदा देशभरका स्वास्थ्यकर्मीहरूलाई अदालत धाउनुपर्ने अवस्था आएको छ, जसले सेवा प्रवाहमा समेत असर परेको छ।’

संघका अध्यक्ष अमिर सुबेदीद्वारा हस्ताक्षरित पत्रमा भनिएको छ ।  यसअघि पनि कावासोति नगरपालिका र गैडाकोट नगरपालिकासहित विभिन्न स्थानीय तहमा पत्राचार गरी स्पष्टता माग गरेको भए पनि मन्त्रालयबाट अझै आधिकारिक प्रतिक्रिया नआएको संघले जनाएको छ।

यही विषयमा बैतडीका जनस्वास्थ्य निरीक्षक विनोद भट्टले समेत प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमार्फत गुनासो पेश गरे पनि हालसम्म जवाफ नआएको दाबी संघले गरेको छ । संघले नेपाल स्वास्थ्य सेवा ऐन , नियमावली  र समायोजन ऐनका प्रावधानअनुसार मन्त्रालयले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग सहकार्य गरी स्पष्ट निर्देशन जारी गर्नुपर्ने बताएको छ।

‘यदि मन्त्रालयले अब पनि सुनुवाइ नगरेमा, देशभरका हेल्थ असिस्टेन्टहरू चरणबद्ध आन्दोलनमा उत्रनेछन्।’ पत्रमा चेतावनी दिइएको छ ।

प्रकाशित मिति : १८ कार्तिक २०८२, मंगलबार  ५ : २६ बजे

बालेनको उपस्थितिमा उपसभामुखमा रूबीकुमारीलाई सघाउने रास्वपाको निर्णय

काठमाडौं- उपसभामुख पदको निर्वाचनअघि डाकिएको राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको

औषधिको मूल्यवृद्धिबारे विभागको स्पष्टिकरण

काठमाडौं– पछिल्लो समय औषधिको मूल्यवृद्धि सम्बन्धी विषय संघीय संसद् र

उपसभामुखको निर्वाचनअघि रास्वपा दलको बैठक (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको बैठक बसिरहेको

एकीकरण प्रयासबीच राष्ट्रपति सीले बेइजिङमा भेटे ताइवानकी विपक्षी नेतृलाई

बेइजिङ- चिनियाँ राष्ट्रपति सी चिनफिङले ताइवानको मुख्य विपक्षी पार्टी कुओमिन्ताङ

औषधि मूल्यवृद्धि प्रकरण : विभागका महानिर्देशक ढकाल छानविनको दायरामा 

काठमाडौं– कानुन विपरीत औषधिको मूल्यवृद्धिसम्बन्धी प्रकरणमा औषधि व्यवस्था विभागका महानिर्देशक