दलहरूलाई पूर्वराष्ट्रपति यादवको सन्देश : अब चुनावभन्दा दायाँ–बायाँ सोच्ने समय छैन « Khabarhub

दलहरूलाई पूर्वराष्ट्रपति यादवको सन्देश : अब चुनावभन्दा दायाँ–बायाँ सोच्ने समय छैन

निर्वाचन तयारीबारे गृहमन्त्री अर्यालसँग संवाद


१८ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गृहमन्त्री ओमप्रकाश अर्यालले पूर्वराष्ट्रपति डा. रामवरण यादवसँग भेटवार्ता गरेका छन् । उनले निर्वाचनको वातावरण निर्माण र राजनीतिक स्थिरताबारे विचार–विमर्श गरेका हुन् ।

प्रधानमन्त्री सुशीला कार्कीको निर्देशनअनुसार निर्वाचनका लागि सहकार्य र संवादका प्रयासमा जुटेका गृहमन्त्री अर्याल ललितपुरको बागडोलस्थित पूर्वराष्ट्रपति यादवको निवास पुगेका थिए।

उनले डा. यादवको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै भदौ २३ र २४ गतेको घटनाले मुलुकमा पारेको असरबारेसमेत छलफल गरेका थिए ।

संक्षिप्त भलाकुसारीपछि दुई नेताबीच वर्तमान राजनीतिक परिस्थिति र आगामी निर्वाचन तयारीका विषयमा गम्भीर कुराकानी भएको थियो।

गृहमन्त्री अर्यालले भेटका क्रममा जेन–जी आन्दोलनले दिएको कार्यादेशअनुसार सरकारी सेवामा प्रभावकारिता र पारदर्शिता बढाउने, तथा निष्पक्ष र सुरक्षित निर्वाचन सुनिश्चित गर्न सरकारका तर्फबाट भइरहेका तयारीबारे जानकारी गराए ।

‘सरकारले निर्वाचनलाई अर्जुनदृष्टि मानेर काम गरिरहेको छ। सबै पक्षलाई यो राष्ट्रिय अभियानमा एकताबद्ध गराउन प्रयास भइरहेको छ’, उनले भने।

पूर्वराष्ट्रपति यादवले प्रधानमन्त्री कार्की नेतृत्वको सरकारको तयारीको प्रशंसा गर्दै भनेका छन्, ‘पूर्वप्रधानन्यायाधीशको नेतृत्वमा बनेको तटस्थ सरकारले निष्पक्ष निर्वाचन गराउन सक्छ भन्नेमा म विश्वस्त छु।’

विगतमा खिलराज रेग्मी नेतृत्वको सरकार अन्तर्गत भएको निर्वाचनको सन्दर्भ स्मरण गर्दै डा. यादवले भने, ‘त्यो बेला पनि परिस्थिति प्रतिकूल थियो, तर हामीले सफलतापूर्वक चुनाव सम्पन्न गर्न सक्यौँ। अहिले पनि सबै पक्षले विश्वास र सहकार्य देखाउन सके भने निर्वाचन सहजै सम्पन्न हुन्छ।’

अहिलेको राजनीतिक अनिश्चितताको अन्त्य निर्वाचनमार्फत मात्र सम्भव हुने उनले बताए । ‘संविधान र लोकतान्त्रिक प्रणालीलाई जोगाउने एक मात्र बाटो निर्वाचन हो। तपाईंहरू मेहनतसाथ लाग्नुभएको छ, यो सकारात्मक कुरा हो। चुनाव सफलतापूर्वक सम्पन्न गर्न सकिन्छ’, उनले भने ।

डा. यादवले दलहरूलाई जिम्मेवार र केन्द्रित रहन सुझाव दिँदै थपे, ‘चुनावका संवाहक दल नै हुन्। अब चुनावभन्दा दायाँ–बायाँ सोच्ने समय छैन। यदि यो प्रक्रिया डिरेल भयो भने ठूलो संकट आउन सक्छ। प्यान्डोरा बक्स नखुलोस्, सबै पक्षले समयमै जिम्मेवारी पुरा गर्नुपर्छ।’

प्रकाशित मिति : १८ कार्तिक २०८२, मंगलबार  ७ : ५० बजे

रवि-बालेनकै गाडी ब्रेक लागेर दुई दिनदेखि चितवनमा रोकिएपछि…

काठमाडौं – देविका राना गुल्मीबाट चितवनको गर्मीमा राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्व

मन्त्री मेहताद्वारा बकुलहर रत्ननगर अस्पतालको निरीक्षण

भरतपुर– स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले रत्ननगरस्थित बकुलहर रत्ननगर

सरकारले गर्यो सार्वजनिक सवारीसाधनको दर्ता आंशिक खुला

काठमाडौं– सरकारले सार्वजनिक सवारीसाधनको दर्ता आंशिक रुपमा खुला गरेको छ

रास्वपा महाधिवेशन : प्रत्येक प्रदेशबाट ५–५ जना निर्वाचित हुने व्यवस्था

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनमा प्रत्येक प्रदेशबाट

नाइजेरियामा भएको आक्रमणमा २० जनाको मृत्यु

नाइजेरिया– नाइजेरियाको मध्य पठार राज्यमा अज्ञात सशस्त्र समूहले गरेको आक्रमणमा