एकता पौडेलको डेब्यु निर्देशनमा निर्माण भएको सिनेमा हर्षको ट्रेलर सार्वजनिक « Khabarhub

एकता पौडेलको डेब्यु निर्देशनमा निर्माण भएको सिनेमा हर्षको ट्रेलर सार्वजनिक


१८ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- एकता पौडेलको डेव्यु निर्देशनमा निर्माण भएको सिनेमा हर्षको ट्रेलर सार्वजनिक गरिएको छ। मंगलबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच पारिवारिक कथावस्तुमा निर्माण भएको सिनेमा हर्षको २ मिनेट ५१ सकेण्ड लामो ट्रेलर सार्वजनिक गरिएको हो।

सिनेमाका प्रायः सवै कलाकारलाई स्थान दिएको ट्रेलरले कथावस्तुका बारेमा प्रकाश पारेको छ। एक परिवारमा छोराको विवाहपछि आउने उतार चढावको ट्रेलरमा देखाइएको छ। लामो समयपछि नेपाली सिनेमामा पारिवारिक कथाले स्थान पाउन थालेको ‘हर्ष’को प्रचार सामाग्रीले देखाएको छ।

आगामी मंसिर १२ गतेबाट प्रदर्शनमा आउने सिनेमाको ट्रेलर सार्वजनिक कार्यक्रममा निर्देशक पौडेलले नेपाली सिनेमामा पारिवारिक सिनेमाको ट्रेण्ड घट्दै गएकाले पनि आफुले यो विधा रोजेको बताइन्। उनी स्वर्गिय निर्देशक शिव रेग्मीकी भान्जी हुन्।

न्यूयोर्क फिल्म एकेडेमीमा सिनेमा मेकिङ अध्ययन तथा आमसंचारमा स्नातक र व्यवस्थापन तथा नेतृत्व विषयमा स्नातकोत्तर गरेकी निर्देशक पौडेलले यसअघि केही छोटा सिनेमा समेत निर्माण गरेकी छन्।

सिनेमामा खगेन्द्र, वर्षा र साइमनसहित निर शाह, सन्तोष पन्त, शर्मिला मल्ल, माओत्से गुरुङ, विशाल पहाडी, निमा पाण्डे, लुनिभा तुलाधर, अंशु महर्जन, रेनु प्रधान, सुवर्ण थापा, श्रृष्टि महर्जन, सिर्जना नापितको अभिनय छ। आलोक शुक्लाको छयांकन, समीर र हिमाल, वसन्त सापकोटा तथा एलिश कार्काको संगीत, लोकेश बज्राचार्यको सम्पादन तथा सुनिल क्षेत्री र निर्देशक पौडेलको कोरियोग्राफी सिनेमामा छ।

अष्टलक्ष्मी प्रोडक्सन्स् र ई-प्राईम मुभिजको ब्यानरमा निर्माण भएको सिनेमाको कथा स्वयं निर्देशक पौडेलको हो। प्रशन्न पौडेल र विकास पौडेल निर्माता तथा हिक्मत चोखाल कार्यकारी निर्माता रहेको सिनेमाका प्रोडक्सन म्यानेजर इश्वर घिमिरे, मुख्य सहायक निर्देशक कुलदीप शर्मा हुन्। काफिया फिल्मस् र डिसिएनले वितरण गर्ने सिनेमाको डिजिटल पार्टनरमा बुढासुब्बा डिजिटल छ।

प्रकाशित मिति : १८ कार्तिक २०८२, मंगलबार  ८ : ४८ बजे

परिषद्का कर्मचारीलाई कामबाट नहटाउन आदेश

 काठमाडौं– श्रम अदालतले समाज कल्याण परिषद्बाट हटाइएका १४ अस्थायी कर्मचारीलाई कामबाट

एकपछि अर्को राज्यका संरचना जलिरहँदा सुधन र सुरक्षा अधिकारीबीच चकित पार्ने ‘कनेक्सन’

काठमाडौं- भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनसम्बन्धी गौरीबहादुर कार्की

काठमाडौंमा सुरु भयो सेतो मछिन्द्रनाथको रथ यात्रा (तस्बिरहरू)

काठमाडौं– आजबाट काठमाडौंमा सेतो मछिन्द्रनाथ जात्रा सुरु भएको छ ।

गृहमन्त्रीबाट बिदा लिए ओमप्रकाशले 

काठमाडौं– नागरिक सरकारका गृहमन्त्री ओमप्रकाश अर्यालले १९१ दिने कार्यकाल पूरा