कांग्रेस बैठकमा गगनमाथि सिटौला खनिँदा खड्काले रोके, त्यसपछि बोली फिर्ता लिए « Khabarhub

कांग्रेस बैठकमा गगनमाथि सिटौला खनिँदा खड्काले रोके, त्यसपछि बोली फिर्ता लिए


१८ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेस केन्द्रीय समितिको मंगलबारको बैठकमा महामन्त्री गगन थापा र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाबीच नोकझोक परेको छ।

बैठकमा बोल्नेक्रममा सिटौलाले थापामाथि गम्भीर आरोप लगाए। उनले थापाको नाम नै लिएर सचिवालय परिचालन गरेर पार्टीभित्रका अन्य नेतामाथि सामाजिक सञ्जालमा आक्रमण गरेको आरोप लगाए।

‘तपाईंले सचिवालयमा मान्छे राखेर हामीलाई खरानी बनाउने चेतावनी सामाजिक सञ्जालबाट दिइरहनुभएको छ,’ बैठकमा सिटौलाले भने, ‘खरानी पनि काम लाग्न सक्छ। तर तपाईंले बाँकी नेताहरुलाई सिध्याएर पार्टी कब्जाको सपना देखिरहनुभएको छ। सामाजिक सञ्जालले हो तपाईंलाई सभापति बनाउने?’

बैठकमा सहभागी एक केन्द्रीय सदस्यले दिएको जानकारीअनुसार थापालाई चेतावनी दिँदै सिटौलाले ‘तपाईंले चाहेअनुसार देश र पार्टी हिँड्न सक्दैन’ भनेका थिए।

उनले बोलिरहँदा महामन्त्री थापाले त्यसको प्रतिवाद गरे। थापाले भने, ‘मेरो कुन सचिवालयले कहाँ कसरी बोल्यो? यसको प्रमाण दिनुस्? तपाईंले पुष्टि नहुने आरोप लगाउनुभएको छ। कि पुष्टि गर्नुस् नभए फिर्ता लिनुस्।’

त्यसपछि थापा आफू बसेको ठाउँबाट उठेर कार्यवाहक सभापति पूर्णबहादुर खड्कासमक्ष पुगेर सिटौलाको भनाइमा आपत्ति जनाए। लगत्तै खड्काले सिटौलालाई आरोप पुष्टि गर्न नसक्ने भए फिर्ता लिन भनेका थिए।

‘महामन्त्रीले मेरो सचिवालयको होइन भन्नुहुन्छ भने ती शब्द फिर्ता लिन्छु,’ सिटौलाले भनेका थिए।

प्रकाशित मिति : १८ कार्तिक २०८२, मंगलबार  ९ : २१ बजे

प्रत्यक्षतर्फ नजितेका जिल्लामा रास्वपाले समानुपातिक सांसद खटाउने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रत्यक्ष निर्वाचित सांसद नरहेको निर्वाचन

बेनी अस्पतालमा दुर्घटनासम्बन्धी उद्धार र उपचार अभ्यास

म्याग्दी– म्याग्दीको प्रदेश अस्पताल बेनीमा आपतकालीन उद्धार तथा उपचार व्यवस्थापनसम्बन्धी

प्रसारण लाइन निर्माण : स्थानीयद्वारा क्षतिपूर्तिको माग

दमौली– लेखनाथ प्रसारण लाइनअन्तर्गत टावर निर्माणका लागि तनहुँको व्यास नगरपालिका-५

स्रोतको अभावबीच ऋण लिएर ब्याज तिनुपर्ने अवस्था कसरी हटाउलान् स्वर्णिमले ?

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) फागुन २१ मा भएको प्रतिनिधिसभा

देउवा समूहको भेला, नेताहरूले भने : अब अलग्गै पार्टी बनाएर अघि बढौँ

काठमाडौं- सर्वोच्च अदालतले गगन थापाको नेतृत्वलाई मान्यता दिएसँगै नेपाली कांग्रेसका